प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आइतबार साँझ दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुग्नु भएको हो ।

दिउँसो प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव र आगामी स्थानीय तहको निर्वाचन लगायतका विषयमा राष्ट्रपतिले चासो राख्नुभएको छ।

राष्ट्रपति निवासमा भएको भेटमा प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको छ। प्रधानमन्त्रीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगका बारेमा आफ्नो धारणा राखेको बालुवाटार स्रोतले जानकारी दियो।

यसबैबीच प्रधानन्यायाधीशविरुद्ध कांग्रेस र माओवादी केन्द्रले दार्ता गरेको महाअभियोग प्रस्तावमा आफूले हस्ताक्षर नगरेको कांग्रेसका सांसद राधेश्याम अधिकारीले बताउनुभयो । कांग्रेस सांसद महाअभियोग प्रस्तावमा आफूले कुनै हस्ताक्षर नगरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.