दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

चितवन : पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि सो दुर्घटना हुँदा राप्ती नपा- ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम आउने क्रममा यहाँ रोकिराखेको ना३ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको गएराति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

तालिमका क्रममा गोली लाग्यो

यसैगरी चितवनको भरतपुरमा प्रहरीको तालिमका क्रममा हानेको गोली लागेर एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका- ११ बसेनीको जङ्गलमा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी जवान आधारभूत तालिमका क्रममा आइतबार फायरिङ क्षेत्रमा पुगेका एक जना स्थानीयलाई गोली लागेको हो ।

राइफलबाट फायरिङ भइरहेका अवस्थामा भरतपुर-११ ग्याल्बाटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर कुमाललाई गोली लागेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।  उनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको र गोली निकालिएकाले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.