विश्वबजारमा नेपाली चलचित्र

विश्वबजारमा नेपाली चलचित्र

स्विजरल्यान्डमा ३१ मार्चदेखि ८ अप्रिलसम्म आयोजना भएको 'फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा दीपक रौनियार निर्देशित नेपाली कथानक चलचित्र 'सेतो सूर्य'ले चारवटा अवार्ड जित्यो । महोत्सवमा सहभागी संसारभरका चलचित्रकर्मीले सेतो सूर्यको प्रशंसा गरे । त्यसैगरी, मीनबहादुर भाम निर्देशित चलचित्र 'कालो पोथी'ले 'भेनिस इन्टरनेसनल फिल्म फेस्टिभल २०१५'मा 'बेस्ट फिल्म'को अवार्ड पायो । दशक लामो माओवादी द्वन्द्वबाट सिर्जित कथा र त्यसको प्रभाव बोकेको यो चलचित्र मौलिकताको कसीमा फिक्का हुने कुरै भएन । 'सार्क फिल्म फेस्टिभल २०१३' मा नेपाली कथानक चलचित्र 'साँघुरो' र 'झोला'ले अवार्ड जित्न सफल भयो ।

यी केही प्रसंग र उपलब्धि हेर्दा र सुन्दा लाग्छ नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा स्थापित छ । विश्वका शक्तिशाली चलचित्र उद्योगसँग प्रतिस्पर्धा गर्ने सामथ्र्य राख्छ । र, त्यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वचर्चित चलचित्रलाई पछाडि पार्दै अवार्ड जित्न सक्छ । तर, नेपाली चलचित्रको वास्तविकता भने त्यस्तो छैन । अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका यी उपलब्धि र अवार्ड अपवाद मात्रै हुन् । यस्ता लोभलाग्दा उपलब्धिको निरन्तरता त परको कुरा भो, प्राप्त उपलब्धिलाई संस्थागत गर्न र त्यसले तय गरेको बाटोलाई पछ्याउनसमेत सकेको छैन ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता, यसबाट प्राप्त हुने पहिचान र मान्यताले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोजीमा मद्दत पुग्छ । 'फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा सेतो सूर्यले 'स्पेसन मेन्सन अफ दि जुरी', 'दि अडियन्स अवार्ड', 'दि इक्युमेनिकल जुरी अवार्ड' र 'द डन क्विजोटे अवार्ड अफ दि आईएफएफएस' गरी चारवटा अवार्ड जित्यो । चार÷चारवटा अवार्ड जित्न सफल नेपाली चलचित्र सेतो सूर्यसँगै नेपाली चलचित्र उद्योगबारे विश्वभरका चलचित्रकर्मीले थाहा पाए । चासो व्यक्त गरे । विश्व चलचित्रमा प्रतिष्ठित मानिने महोत्सवको यस संस्करणमा 'न्यु टेरिटरी' विधाअन्तर्गत डेढ दर्जनभन्दा बढी नेपाली कथानक एवं लघुचलचित्र प्रदर्शन भएका थिए ।

यस्ता महोत्सवसँगै केही विश्वस्तरीय फिल्म अवार्ड पनि छन् । त्यस्ता अवार्डमा सहभागी हुन सके अन्तर्राष्ट्रियस्तरमा पहिचान पाउँछ । चर्चाको विषय बन्छ । विश्वका जुनसुकै चलचित्र उद्योगलाई विश्वबजारमा चिनाउन यस्ता समारोह राम्रो प्लेटफर्म सावित भएको छ । त्यस्तो प्रतिष्ठित अवार्ड र चलचित्रसँग सम्बन्धित समारोह नेपाली चलचित्रका लागि अझै धेरै टाढा छ ।

अवार्डको कुरा गर्दा ओस्कार विश्व चलचित्रको अन्तिम गन्तव्य मानिन्छ । सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीले निर्देशन गरेको क्याराभान (हिमालयत) ओस्कारमा मनोनयमा परेको पहिलो नेपाली कथानक चलचित्र हो । ओस्कारको ७२ औं संस्करणमा 'बेस्ट फरेन फिल्म'मा मनोनयनमा परेको क्याराभानकै अवार्ड जित्न नसके पनि एक हदसम्म विश्वमा नेपाली चलचित्रलाई चर्चामा ल्याउन सफल भयो । ओस्कारको यस संस्करणपछि नेपाली चलचित्र क्षेत्र विश्वमा 'नोटिस' भयो । क्याराभानलाई पछ्याउँदै सन् २००० मा मुकुन्डो, सन् २००३ मुनामदन, सन् २००६ मा बसाइँ, सन् २०१३ मा सुनगाभा, सन् २०१४ मा झोला, सन् २०१५ मा टलकजंग भर्सेस टुल्केजस्ता चलचित्र ओस्कारका लागि नेपालबाट सिफारिस भए पनि मनोनयनमा पर्न सकेन । यी पछिल्ला चलचित्रले क्याराभानको स्तरमा न चर्चा पायो न त सफलता नै !

 

मननीय पक्ष के छ भने जुन-जुन नेपाली चलचित्रले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका छन्, अवार्ड जितेका छन्, ती-ती चलचित्रले नेपाली बजारमा खासै प्रभाव छाड्न सकेका छैनन् । चलचित्रलाई जसरी व्याख्या गरे पनि अन्ततः यो व्यवसाय नै हो । चलचित्रमा सांस्कृतिक, भाषिक, मौलिक आदि पक्षको आफ्नै महŒव हुन्छ तर ती पक्षलाई अपनाउँदै व्यवसायमा दख्खल राख्न सक्नुपर्छ । जबसम्म व्यवसाय राम्रो हुँदैन तबसम्म चलचित्र क्षेत्र उद्योगका रूपमा स्थापित हुन सक्दैन । उद्योगका रूपमा स्थापित नभएसम्म स्वदेशमा होस् वा विदेशमा प्रभावकारी उपस्थिति जनाउन सक्दैन । अहिले नेपाली चलचित्रले भोगेको नियति यही हो ।

नेपाली चलचित्र जबसम्म स्तरीय र राम्रो व्यवसाय हुन सक्दैन तबसम्म चलचित्र क्षेत्र उद्योगका रूपमा स्थापित हुँदैन । उद्योगका रूपमा स्थापित नभएसम्म स्वदेशमा होस वा विदेशमा प्रभावकारी उपस्थिति जनाउन सक्दैन । अहिले नेपाली चलचित्रले भोगेको नियति यही हो ।

विश्वबजारमा जान भाषाको प्रभाव ठूलो हुन्छ । विश्वमानचित्रमा नेपाली भाषाको कुरा गर्दा गौण होला तर विश्वमा जति नेपालीभाषी छन् नेपाली चलचित्रका लागि पर्याप्त छ भन्दा फरक पर्दैन । नेपालीमा चलचित्र हेर्ने संस्कार नभएको पनि होइन । तर, विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र आप्रवासी नेपालीमाझ सही समय, सही तरिका र सही चलचित्र पुग्न सकेको छैन । यो नेपाली चलचित्र क्षेत्र र निर्माताका लागि दुर्भाग्य बनेको छ ।
यो कुरामा सहमत छन् चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी । सही चलचित्र, सही तरिकाले सही समयमा नेपालीमाझ पुर्‍याउन संस्थागत प्रयास आवश्यक छ ।

सम्बन्धित निकायको पहल र इच्छाशक्ति चाहिन्छ । यसका लागि चलचित्र निर्माता संघ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गरिने अधिकारीको भनाइ छ । 'नेपाली राजदूतावास र कन्सुलेट भएको मुलुकमा संस्कृति हेर्ने विभाग पनि हुन्छ । त्यसको माध्यमबाट ती मुलुकमा पुग्न सकिन्छ', अध्यक्ष अधिकारी भन्छन्, 'ती मुलुकमा हुने चलचित्र महोत्सवमा राम्रा नेपाली चलचित्र पठाउन, त्यहाँका वितरकसँग समन्वय गरेर नेपाली चलचित्र प्रदर्शनको वातावरण निर्माण गर्न सकिन्छ । यसबाट नेपाली चलचित्रलाई विश्वबजारमा पुर्‍याउने आधार निर्माण हुन सक्छ ।' विश्वका ३८ मुलुकमा नेपाली दूतावास, महावाणिज्य दूतावास र स्थायी नियोग स्थापना भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्यसमेत रहेका अधिकारी नेपाली चलचित्र उद्योगका रूपमा स्थापित गर्ने प्रयासमा लागिपरेका छन् । 'नेपाली चलचित्र क्षेत्र राष्ट्रले मान्यता दिएको उद्योगका रूपमा स्थापित हुन सके विश्वबजारमा जाने आधार बन्छ', उनी भन्छन्, 'मैले यो कुरा उद्योग वाणिज्य महासंघमा पनि राखेको छु ।' पहिलो चरणमा भारत र बर्मामा रहेका नेपालीमाझ नेपाली चलचित्र पुर्‍याउन सके ठूलो उपलब्धि हासिल हुने उनको ठम्याइ छ ।

नेपालीभाषीको बाहुल्य रहेका यी दुवै मुलुकमा नेपाली चलचित्रको सेन्सर समयमा हुन सकेको छैन । चर्को शुल्क र समयमा सेन्सर नहुने भएकाले निर्माण पक्षले सकस व्यहोर्नुपरेको छ । नेपाली चलचित्र सेन्सरका लागि भारतले स्क्रिप्टको अंग्रेजी ट्रान्सलेसन र सबटाइटल अनिवार्य गरेको छ । जुन निकै झन्झटिलो र खर्चिलो हुन्छ । तर, मित्र राष्ट्रका नाताले नेपालमा भारतीय चलचित्र तत्काल सेन्सर हुँदै आएको छ । हिन्दी हाम्रो भाषा नभए पनि 'बुझेर' सेन्सर भइरहेको छ । सेन्सर बोर्डले सबटाइटल गर्न वा भाषिक रूपमा कुनै अब्जेक्सन गरेको छैन।

भारतले आफ्नो संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिएको छ । सिक्किम, पश्चिम बंगालमा सरकारी कामकाजी भाषाका रूपमा मान्यता पाए पनि भारतमा नेपाली चलचित्र सेन्सरका लागि जुन स्तरको व्यवहार हुँदै आएको छ त्यो सम्मानजनक अवश्य होइन । यस्ता झन्झटिलो प्रक्रियाका कारण नेपाली चलचित्र हेर्ने दर्शक र नेपालीभाषीको बाहुल्य भए पनि ती मुलुकमा नेपाली चलचित्र पुग्न नसकेको हो ।

चलचित्र विकास बोर्डको पहलमा आव ०६१÷६२ मा नेपालीभाषी र आप्रवासी नेपालीको बाहुल्य रहेका विश्वका १२ वटा मुलुकमा 'नेपाली चलचित्र प्रवद्र्धन अवैतनिक प्रतिनिधि' नियुक्त गर्न परराष्ट्र मन्त्रालयबाट स्वीकृत प्राप्त गरिसकेको छ । ती मुलुकमा भारत, अमेरिका, यूएई, कतार, ओमन, कुवेत, दक्षिण कोरिया, जापान, सिंगापुर, थाइल्यान्ड, मलेसिया र हङकङ छन् । जसअनुसार ०६२ सालमा भारतको महाराष्ट्र र गुजरातका लागि पहेलाज निहलानीलाई अवैतनिक प्रतिनिधि नियुक्त गरी नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार एवं प्रवद्र्धन गर्नेे कार्य थालनी गरिएको थियो । तर, निहलानीले उल्लेख्य कार्य गर्न सकेनन् ।

०७० सालमा अमेरिकाका लागि त्यहीँ बसोवास गर्दै आएका मुकुन्दकुमार ढुंगानालाई अवैतनिक दूत नियूक्त गर्न प्रस्ताव गरिए पनि सूचना तथा सञ्चार मन्त्रालयबाट सहमति प्राप्त नभएपछि अमेरिकासँगै अन्य मुलुकमा अवैतनिक प्रतिनिधि नियुक्त गर्ने प्रयास स्थगितजस्तै भयो । अहिले चलचित्र विकास बोर्डले ती मुलुकमा अवैतनिक प्रतिनिधि नियुक्त गरी नेपाली चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्न पहल सुरु गरेको चलचित्र विकास बोर्डका सदस्य एवं अन्तर्राष्ट्रिय समितिका संयोजक नरेन्द्र महर्जन बताउँछन् ।

नेपाली चलचित्रको स्तरमा सुधारको खाँचो त छँदै छ । तापनि, पछिल्लो समय नेपाली चलचित्रको मौलिकता, प्रस्तुति, अभिनयको कुरा गर्दा अन्तर्राष्ट्रियस्तरमा देखाउन लायककै बन्न थालेका छन् । समस्या त्यहाँसम्म पुर्‍याउन नसक्नु हो । 'अहिले हामी नेपाली चलचित्र प्रवद्र्धन अवैतनिक प्रतिनिधि नियुक्त गर्न परराष्ट्र मन्त्रालयबाट स्वीकृत प्राप्त गरिसकेका १२ वटा मुलुकमा प्रतिनिधि नियुक्तिका लागि पहल गर्दै छौं', संयोजक महर्जनले भने, 'यसले ती मुलुकमा नेपाली चलचित्र पुर्‍याउन पुलको काम गर्न सक्छ । प्रारम्भमा अलिकति प्रयास भयो भने त्यसपछि सहज हुन्छ ।'

नेपाली चलचित्रलाई विश्वबजारमा पुर्‍याउने माध्यममध्ये महोत्सव पनि भएकाले चलचित्र विकास बोर्डले नेपालका केही उत्कृष्ट कथानक चलचित्र, वृत्तचित्र, लघु चलचित्र छनोट गरी सार्क फिल्म फेस्टिभल, एसियन फिल्म फेस्टिभल हङकङ, ढाका फिल्म फेस्टिभल, सिल्क रोड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललगायत विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पठाउने गरेको छ । बोर्डले सिफारिस गरी पठाएको नेपाली चलचित्र साँघुरो र झोलाले सार्क फिल्म फेस्टिभल २०१३ मा अवार्ड जित्न सफल भयो । नेपालमा आयोजना हुने किम्फ, एकादेशमा, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, मानवअधिकार चलचित्र महोत्सवलगायत विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई पनि बोर्डले सहयोग गर्दै आएको बोर्ड अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

नेपालीको बाहुल्य रहेका केही मुलुकमा चलचित्र निर्माताले आफ्नै पहलमा चलचित्र प्रदर्शन गर्दै आएका छन् । त्यसका लागि कुनै कानुनी प्रक्रिया अपनाइएको हुँदैन । व्यावसायिक हल पनि पाउँदैनन् । अन्य प्रयोजनका लागि निर्माण गरिएका हलमा प्रोजेक्टरमार्फत चलचित्र देखाइने गरेकाले त्यसले नेपाली चलचित्रको छवि झन् कमजोर बनाइदिएको छ । विदेशमा कस्तो चलचित्र देखाउने भन्ने आधार चलचित्र विकास बोर्डले तय गरे पनि निजी प्रयासबाट प्रक्रियाविनै जाने कमजोर चलचित्रलाई रोक्न आवश्यक छ ।

राम्रा नेपाली चलचित्रलाई विदेशी बजारमा पुर्‍याउन चलचित्र विकास बोर्डले पहल भने गर्दै छ । केही महिनाअघि दुबईस्थित चलचित्र वितरण कम्पनी कन्सेप्ट भिजन फिल्म डिस्ट्रिब्युसनले दुबईका ५ वटा सहरका १÷१ चलचित्र हलमा प्रत्येक साता शुक्रबार, शनिबार र आइतबार नेपाली चलचित्र नियमित प्रदर्शन गर्ने सहमत भयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोजीमा यो प्रयासलाई एउटा पाइला मान्न सकिन्छ । दुबईमा जस्तै नेपालीभाषीको बाहुल्य भएका अन्य मुलुकमा पनि त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्ने प्रयास भइरहेको विकास बोर्डका अध्यक्ष राजकुमार राईको भनाइ छ ।

 

२. नेपाली चलचित्र जबसम्म स्तरीय र राम्रो व्यवसाय हुन सक्दैन तबसम्म चलचित्र क्षेत्र उद्योगका रूपमा स्थापित हुँदैन । उद्योगका रूपमा स्थापित नभएसम्म स्वदेशमा होस वा विदेशमा प्रभावकारी उपस्थिति जनाउन सक्दैन । अहिले नेपाली चलचित्रले भोगेको नियति यही हो ।
मे १ विश्वबजारमा नेपाली चलचित्र (दीपक)
अशोकप्यासी राई
स्विजरल्यान्डमा ३१ मार्चदेखि ८ अप्रिलसम्म आयोजना भएको 'फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा दीपक रौनियार निर्देशित नेपाली कथानक चलचित्र 'सेतो सूर्य'ले चारवटा अवार्ड जित्यो । महोत्सवमा सहभागी संसारभरका चलचित्रकर्मीले सेतो सूर्यको प्रशंसा गरे । त्यसैगरी, मीनबहादुर भाम निर्देशित चलचित्र 'कालो पोथी'ले 'भेनिस इन्टरनेसनल फिल्म फेस्टिभल २०१५'मा 'बेस्ट फिल्म'को अवार्ड पायो । दशक लामो माओवादी द्वन्द्वबाट सिर्जित कथा र त्यसको प्रभाव बोकेको यो चलचित्र मौलिकताको कसीमा फिक्का हुने कुरै भएन । 'सार्क फिल्म फेस्टिभल २०१३' मा नेपाली कथानक चलचित्र 'साँघुरो' र 'झोला'ले अवार्ड जित्न सफल भयो ।

यी केही प्रसंग र उपलब्धि हेर्दा र सुन्दा लाग्छ नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा स्थापित छ । विश्वका शक्तिशाली चलचित्र उद्योगसँग प्रतिस्पर्धा गर्ने सामथ्र्य राख्छ । र, त्यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वचर्चित चलचित्रलाई पछाडि पार्दै अवार्ड जित्न सक्छ । तर, नेपाली चलचित्रको वास्तविकता भने त्यस्तो छैन । अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका यी उपलब्धि र अवार्ड अपवाद मात्रै हुन् । यस्ता लोभलाग्दा उपलब्धिको निरन्तरता त परको कुरा भो, प्राप्त उपलब्धिलाई संस्थागत गर्न र त्यसले तय गरेको बाटोलाई पछ्याउनसमेत सकेको छैन ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता, यसबाट प्राप्त हुने पहिचान र मान्यताले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोजीमा मद्दत पुग्छ । 'फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा सेतो सूर्यले 'स्पेसन मेन्सन अफ दि जुरी', 'दि अडियन्स अवार्ड', 'दि इक्युमेनिकल जुरी अवार्ड' र 'द डन क्विजोटे अवार्ड अफ दि आईएफएफएस' गरी चारवटा अवार्ड जित्यो । चार÷चारवटा अवार्ड जित्न सफल नेपाली चलचित्र सेतो सूर्यसँगै नेपाली चलचित्र उद्योगबारे विश्वभरका चलचित्रकर्मीले थाहा पाए । चासो व्यक्त गरे । विश्व चलचित्रमा प्रतिष्ठित मानिने महोत्सवको यस संस्करणमा 'न्यु टेरिटरी' विधाअन्तर्गत डेढ दर्जनभन्दा बढी नेपाली कथानक एवं लघुचलचित्र प्रदर्शन भएका थिए ।

यस्ता महोत्सवसँगै केही विश्वस्तरीय फिल्म अवार्ड पनि छन् । त्यस्ता अवार्डमा सहभागी हुन सके अन्तर्राष्ट्रियस्तरमा पहिचान पाउँछ । चर्चाको विषय बन्छ । विश्वका जुनसुकै चलचित्र उद्योगलाई विश्वबजारमा चिनाउन यस्ता समारोह राम्रो प्लेटफर्म सावित भएको छ । त्यस्तो प्रतिष्ठित अवार्ड र चलचित्रसँग सम्बन्धित समारोह नेपाली चलचित्रका लागि अझै धेरै टाढा छ ।

अवार्डको कुरा गर्दा ओस्कार विश्व चलचित्रको अन्तिम गन्तव्य मानिन्छ । सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीले निर्देशन गरेको क्याराभान (हिमालयत) ओस्कारमा मनोनयमा परेको पहिलो नेपाली कथानक चलचित्र हो । ओस्कारको ७२ औं संस्करणमा 'बेस्ट फरेन फिल्म'मा मनोनयनमा परेको क्याराभानकै अवार्ड जित्न नसके पनि एक हदसम्म विश्वमा नेपाली चलचित्रलाई चर्चामा ल्याउन सफल भयो । ओस्कारको यस संस्करणपछि नेपाली चलचित्र क्षेत्र विश्वमा 'नोटिस' भयो । क्याराभानलाई पछ्याउँदै सन् २००० मा मुकुन्डो, सन् २००३ मुनामदन, सन् २००६ मा बसाइँ, सन् २०१३ मा सुनगाभा, सन् २०१४ मा झोला, सन् २०१५ मा टलकजंग भर्सेस टुल्केजस्ता चलचित्र ओस्कारका लागि नेपालबाट सिफारिस भए पनि मनोनयनमा पर्न सकेन । यी पछिल्ला चलचित्रले क्याराभानको स्तरमा न चर्चा पायो न त सफलता नै !

मननीय पक्ष के छ भने जुन-जुन नेपाली चलचित्रले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका छन्, अवार्ड जितेका छन्, ती-ती चलचित्रले नेपाली बजारमा खासै प्रभाव छाड्न सकेका छैनन् । चलचित्रलाई जसरी व्याख्या गरे पनि अन्ततः यो व्यवसाय नै हो । चलचित्रमा सांस्कृतिक, भाषिक, मौलिक आदि पक्षको आफ्नै महत्व हुन्छ तर ती पक्षलाई अपनाउँदै व्यवसायमा दख्खल राख्न सक्नुपर्छ । जबसम्म व्यवसाय राम्रो हुँदैन तबसम्म चलचित्र क्षेत्र उद्योगका रूपमा स्थापित हुन सक्दैन । उद्योगका रूपमा स्थापित नभएसम्म स्वदेशमा होस् वा विदेशमा प्रभावकारी उपस्थिति जनाउन सक्दैन । अहिले नेपाली चलचित्रले भोगेको नियति यही हो ।

विश्वबजारमा जान भाषाको प्रभाव ठूलो हुन्छ । विश्वमानचित्रमा नेपाली भाषाको कुरा गर्दा गौण होला तर विश्वमा जति नेपालीभाषी छन् नेपाली चलचित्रका लागि पर्याप्त छ भन्दा फरक पर्दैन । नेपालीमा चलचित्र हेर्ने संस्कार नभएको पनि होइन । तर, विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र आप्रवासी नेपालीमाझ सही समय, सही तरिका र सही चलचित्र पुग्न सकेको छैन । यो नेपाली चलचित्र क्षेत्र र निर्माताका लागि दुर्भाग्य बनेको छ ।

यो कुरामा सहमत छन् चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी । सही चलचित्र, सही तरिकाले सही समयमा नेपालीमाझ पुर्‍याउन संस्थागत प्रयास आवश्यक छ । सम्बन्धित निकायको पहल र इच्छाशक्ति चाहिन्छ । यसका लागि चलचित्र निर्माता संघ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गरिने अधिकारीको भनाइ छ । 'नेपाली राजदूतावास र कन्सुलेट भएको मुलुकमा संस्कृति हेर्ने विभाग पनि हुन्छ । त्यसको माध्यमबाट ती मुलुकमा पुग्न सकिन्छ', अध्यक्ष अधिकारी भन्छन्, 'ती मुलुकमा हुने चलचित्र महोत्सवमा राम्रा नेपाली चलचित्र पठाउन, त्यहाँका वितरकसँग समन्वय गरेर नेपाली चलचित्र प्रदर्शनको वातावरण निर्माण गर्न सकिन्छ । यसबाट नेपाली चलचित्रलाई विश्वबजारमा पुर्‍याउने आधार निर्माण हुन सक्छ ।' विश्वका ३८ मुलुकमा नेपाली दूतावास, महावाणिज्य दूतावास र स्थायी नियोग स्थापना भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्यसमेत रहेका अधिकारी नेपाली चलचित्र उद्योगका रूपमा स्थापित गर्ने प्रयासमा लागिपरेका छन् । 'नेपाली चलचित्र क्षेत्र राष्ट्रले मान्यता दिएको उद्योगका रूपमा स्थापित हुन सके विश्वबजारमा जाने आधार बन्छ', उनी भन्छन्, 'मैले यो कुरा उद्योग वाणिज्य महासंघमा पनि राखेको छु ।' पहिलो चरणमा भारत र बर्मामा रहेका नेपालीमाझ नेपाली चलचित्र पुर्‍याउन सके ठूलो उपलब्धि हासिल हुने उनको ठम्याइ छ ।

नेपालीभाषीको बाहुल्य रहेका यी दुवै मुलुकमा नेपाली चलचित्रको सेन्सर समयमा हुन सकेको छैन । चर्को शुल्क र समयमा सेन्सर नहुने भएकाले निर्माण पक्षले सकस व्यहोर्नुपरेको छ । नेपाली चलचित्र सेन्सरका लागि भारतले स्क्रिप्टको अंग्रेजी ट्रान्सलेसन र सबटाइटल अनिवार्य गरेको छ । जुन निकै झन्झटिलो र खर्चिलो हुन्छ । तर, मित्र राष्ट्रका नाताले नेपालमा भारतीय चलचित्र तत्काल सेन्सर हुँदै आएको छ । हिन्दी हाम्रो भाषा नभए पनि 'बुझेर' सेन्सर भइरहेको छ । सेन्सर बोर्डले सबटाइटल गर्न वा भाषिक रूपमा कुनै अब्जेक्सन गरेको छैन।

भारतले आफ्नो संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिएको छ । सिक्किम, पश्चिम बंगालमा सरकारी कामकाजी भाषाका रूपमा मान्यता पाए पनि भारतमा नेपाली चलचित्र सेन्सरका लागि जुन स्तरको व्यवहार हुँदै आएको छ त्यो सम्मानजनक अवश्य होइन । यस्ता झन्झटिलो प्रक्रियाका कारण नेपाली चलचित्र हेर्ने दर्शक र नेपालीभाषीको बाहुल्य भए पनि ती मुलुकमा नेपाली चलचित्र पुग्न नसकेको हो ।

चलचित्र विकास बोर्डको पहलमा आव ०६१÷६२ मा नेपालीभाषी र आप्रवासी नेपालीको बाहुल्य रहेका विश्वका १२ वटा मुलुकमा 'नेपाली चलचित्र प्रवद्र्धन अवैतनिक प्रतिनिधि' नियुक्त गर्न परराष्ट्र मन्त्रालयबाट स्वीकृत प्राप्त गरिसकेको छ । ती मुलुकमा भारत, अमेरिका, यूएई, कतार, ओमन, कुवेत, दक्षिण कोरिया, जापान, सिंगापुर, थाइल्यान्ड, मलेसिया र हङकङ छन् । जसअनुसार ०६२ सालमा भारतको महाराष्ट्र र गुजरातका लागि पहेलाज निहलानीलाई अवैतनिक प्रतिनिधि नियुक्त गरी नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार एवं प्रवद्र्धन गर्नेे कार्य थालनी गरिएको थियो । तर, निहलानीले उल्लेख्य कार्य गर्न सकेनन् ।

०७० सालमा अमेरिकाका लागि त्यहीँ बसोवास गर्दै आएका मुकुन्दकुमार ढुंगानालाई अवैतनिक दूत नियूक्त गर्न प्रस्ताव गरिए पनि सूचना तथा सञ्चार मन्त्रालयबाट सहमति प्राप्त नभएपछि अमेरिकासँगै अन्य मुलुकमा अवैतनिक प्रतिनिधि नियुक्त गर्ने प्रयास स्थगितजस्तै भयो । अहिले चलचित्र विकास बोर्डले ती मुलुकमा अवैतनिक प्रतिनिधि नियुक्त गरी नेपाली चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्न पहल सुरु गरेको चलचित्र विकास बोर्डका सदस्य एवं अन्तर्राष्ट्रिय समितिका संयोजक नरेन्द्र महर्जन बताउँछन् ।

नेपाली चलचित्रको स्तरमा सुधारको खाँचो त छँदै छ । तापनि, पछिल्लो समय नेपाली चलचित्रको मौलिकता, प्रस्तुति, अभिनयको कुरा गर्दा अन्तर्राष्ट्रियस्तरमा देखाउन लायककै बन्न थालेका छन् । समस्या त्यहाँसम्म पुर्‍याउन नसक्नु हो । 'अहिले हामी नेपाली चलचित्र प्रवद्र्धन अवैतनिक प्रतिनिधि नियुक्त गर्न परराष्ट्र मन्त्रालयबाट स्वीकृत प्राप्त गरिसकेका १२ वटा मुलुकमा प्रतिनिधि नियुक्तिका लागि पहल गर्दै छौं', संयोजक महर्जनले भने, 'यसले ती मुलुकमा नेपाली चलचित्र पुर्‍याउन पुलको काम गर्न सक्छ । प्रारम्भमा अलिकति प्रयास भयो भने त्यसपछि सहज हुन्छ ।'

नेपाली चलचित्रलाई विश्वबजारमा पुर्‍याउने माध्यममध्ये महोत्सव पनि भएकाले चलचित्र विकास बोर्डले नेपालका केही उत्कृष्ट कथानक चलचित्र, वृत्तचित्र, लघु चलचित्र छनोट गरी सार्क फिल्म फेस्टिभल, एसियन फिल्म फेस्टिभल हङकङ, ढाका फिल्म फेस्टिभल, सिल्क रोड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललगायत विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पठाउने गरेको छ । बोर्डले सिफारिस गरी पठाएको नेपाली चलचित्र साँघुरो र झोलाले सार्क फिल्म फेस्टिभल २०१३ मा अवार्ड जित्न सफल भयो । नेपालमा आयोजना हुने किम्फ, एकादेशमा, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, मानवअधिकार चलचित्र महोत्सवलगायत विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई पनि बोर्डले सहयोग गर्दै आएको बोर्ड अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

नेपालीको बाहुल्य रहेका केही मुलुकमा चलचित्र निर्माताले आफ्नै पहलमा चलचित्र प्रदर्शन गर्दै आएका छन् । त्यसका लागि कुनै कानुनी प्रक्रिया अपनाइएको हुँदैन । व्यावसायिक हल पनि पाउँदैनन् । अन्य प्रयोजनका लागि निर्माण गरिएका हलमा प्रोजेक्टरमार्फत चलचित्र देखाइने गरेकाले त्यसले नेपाली चलचित्रको छवि झन् कमजोर बनाइदिएको छ । विदेशमा कस्तो चलचित्र देखाउने भन्ने आधार चलचित्र विकास बोर्डले तय गरे पनि निजी प्रयासबाट प्रक्रियाविनै जाने कमजोर चलचित्रलाई रोक्न आवश्यक छ ।

राम्रा नेपाली चलचित्रलाई विदेशी बजारमा पुर्‍याउन चलचित्र विकास बोर्डले पहल भने गर्दै छ । केही महिनाअघि दुबईस्थित चलचित्र वितरण कम्पनी कन्सेप्ट भिजन फिल्म डिस्ट्रिब्युसनले दुबईका ५ वटा सहरका १÷१ चलचित्र हलमा प्रत्येक साता शुक्रबार, शनिबार र आइतबार नेपाली चलचित्र नियमित प्रदर्शन गर्ने सहमत भयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोजीमा यो प्रयासलाई एउटा पाइला मान्न सकिन्छ । दुबईमा जस्तै नेपालीभाषीको बाहुल्य भएका अन्य मुलुकमा पनि त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्ने प्रयास भइरहेको विकास बोर्डका अध्यक्ष राजकुमार राईको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.