बेलायती संसदमा 'भाग्यले बाँचेकाहरू'
बेलायत : भूकम्पमा ज्यान बचाउन सफल भएकाहरूको कथा 'भाग्यले बाँचेकाहरू' वृत्तचित्र बेलायती संसद्मा प्रदर्शन भएको छ ।नेपालीको कथा हेरेर बेलायती नेत्री बिग्रेट एन्टोनले आँसु थाम्न सकिनन् । उत्तरी आयरल्यान्डमा आइतबार नेपाली समुदायले आयोजना गरेको विशेष सोमा लेबर पार्टीकी नेत्री एन्टोनसहित बेलायती र नेपालीसमेत रोए ।
एन्टोनले भने, 'म आफैं नेपाल पुगेजस्तो लाग्यो, नेपालीको पीडामा हामी पनि साथमा छौं ।' भूकम्पलगत्तै आफूहरूले ६ हजार पाउन्ड संकलन गरेर नेपाल पठाएको भन्दै आगामी दिनमा पनि भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक रहेको बताए ।
आयरल्यान्डको सोमा भाग लिन 'भाग्यले बाँचेकाहरू'का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरे बेलफास्ट पुगेका थिए ।'भाग्यले बाँचेकाहरू' बेलायतको विभिन्न सहरमा प्रदर्शन हुँदैछ । सहारा क्लब यूकेले आगामी शनिबार साँझ ७ उलविचस्थित ट्रामसिड थियटर र आइतबार साँझ ७ बजे अल्डरसटस्थित एम्पाएर बैंक्वटमा प्रदर्शन गर्दै छ । गत साता बेलायतको संसद्मा भाग्यले बाँचेकाहरू प्रदर्शन भएको थियो ।