बेथितिको राजनीति

बेथितिको राजनीति

विगत एक सातायता मन्त्रिपरिषद्बाट राजीनामाको ओइरो लागेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता भएलगत्तै कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधानमन्त्री र गृहमन्त्रीको हैसियतबाट राजीनामा दिएको र उक्त राजीनामाको प्रतिलिपि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

आफू महाभियोगको पक्षमा नरहेको र दलले कुनै परामर्श नगरी त्यस्तो निर्णय लिएकोमा आपत्ति प्रकट गर्दै निधिको अभिव्यक्ति सार्वजनिक भएको छ । यसअघि निधिले मन्त्रिपरिषद्को आफ्नो अग्लो कुर्सी खोसेर प्रधानमन्त्री पुष्पकमल दाहालले अर्का उपप्रधानमन्त्री कमल थापालाई दिएकोमा खिन्न भई केही सातासम्म मन्त्रिपरिषद्को बैठक पनि बहिष्कार गरेका थिए ।

निधि राजीनामाको भोलिपल्टै राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही मुद्दामा अर्थात् महाभियोगविरुद्ध आफूलाई उभ्याउँदै मन्त्रिपरिषद्बाट पार्टीका सबै मन्त्रीहरू बाहिरिने घोषणा गर्‍यो । कमल थापा, उनको पार्टी तथा निधिले ‘नैतिकता र मूल्य’ को राजनीति गर्ने कोसिस गर्नु पक्कै पनि सकारात्मक पक्ष हो । राजनीतिमा नैतिकताको खडेरी परेको यो चरणमा त्यसमा इमानदारीका साथ उनीहरूले अडान लिएका हुन् भने अतीतमा उनीहरूको राजनीति जस्तो भए पनि त्यसलाई प्रायश्चित्त र भविष्यमा सुधारको प्रतिबद्धताको रूपमा हेरिनु आवश्यक छ ।

राजीनामाको यो लहर र महाभियोगलगत्तै प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग भेट गरेको र खासगरी महाभियोगको शैलीबारे राष्ट्रपतिको चिन्ता सञ्चारमाध्यममा आएका छन्, यद्यपि त्यसबारे कुनै आधिकारिक टिप्पणी बाहिर आएका छैनन् । विषयको संवेदनशीलताले त्यो गोपनीयता अस्वीकार गर्दैन । प्रधानमन्त्री र राष्ट्रपतिबीच महाभियोगसँगै राजीनामाको लहरबाट आफ्नो सरकार र मुलुकको समग्र परिस्थितिमा त्यसले पार्ने असरबारे कुनै वार्ता भयो या भएन, अनुमानको विषय हो । तर यो विषय अहिले जनस्तरमा ठूलो चिन्ताको विषय बन्न पुगेको छ ।

प्रजातान्त्रिक व्यवस्थामा राजीनामाले विशेष अर्थ राख्छ । राजीनामा सम्बन्धित या संविधानले निर्दिष्ट गरेको व्यक्तिसमक्ष पुगेपछि त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउँछ । अझ संसद्को अधिवेशन जारी रहेको बेला नीतिगत र सैद्धान्तिक आधारमा कुनै मन्त्रीले राजीनामा गरेको छ भने उसले संसद्मार्फत आफ्ना मान्यता जनसमक्ष ल्याउने अधिकार राख्छ । तर दुर्भाग्य ती राजीनामा सम्बन्धित मन्त्री र प्रधानमन्त्रीबीचका निजी मामिलाका रूपमा गोप्य राखिएका छन् ।

राष्ट्रपति कार्यालयसम्म स्वीकृति र वैकल्पिक व्यवस्थाको लागि तिनीहरूलाई प्रस्तुत गरिएको देखिँदैन । राजनीति र राजीनामालाई यति ‘निजी' तरिकाले सञ्चालन गर्दा मुलुक जमिनदारहरूको ‘रैयत’ बन्न जान्छ । सम्भवतः राष्ट्रपतिको दायित्वपूर्ण ‘हस्तक्षेप’ जरुरी हुन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.