हरिवंश आचार्यको ‘हरिबहादुर

हरिवंश आचार्यको  ‘हरिबहादुर

काठमाडौं : चर्चित हास्यकलाकार हरिवंश आचार्यको पहिलो उपन्यास कृति ‘हरिबहादुर- आउने भएको छ । संस्मरण संग्रह ‘चिना हराएको मान्छे-को सफलतापछि ‘हरिबहादुर- आउन लागेको हो । आगामी शनिबार हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको डबली उपन्यास हरिबहादुर लोकार्पण हुने भएको हो ।

हरिवंश आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्न घचघच्याएपछि उपन्यास लेख्न तम्सेको बताए । ‘चिना हराएको मान्छे- लेख्दा मैले विषयबारे सोच्न परेको थिएन । आफूले जिन्दगीमा भोगेका घटनालाई रमाइलो पाराले लेखिदिँदा भएको थियो-, उपन्यास लेखनप्रक्रियाबारे उनले उनले भने, ‘तर, उपन्यास लेख्छु भन्ने योजना बनाएपछि धेरै सोच्नु परेको थियो । अन्ततः मदनबहादुर हरिबहादुर टेलिशृंखलाको आफैंलाई मनपर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर पात्रप्रधान उपन्यास बनाउने निर्णय गरेँ ।'

उपन्यास यसका मुख्य पात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र उसको उत्थान तथा पतन वरिपरी घुमेको उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले बताए । उनले तात्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्‍यो तथा हरिबहादुरले द्वन्द्वकालीन राजनीतिलाई कसरी प्रयोग गरे भन्ने परिवेशमा उपन्यास केन्द्रित भएको बताए ।

मुख्य पात्र आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दस बल्ड्याङ खान पुग्छ । नकच्चरो, थेच्चरो, काइते, बदमास, भडुवा, स्वाँठ, आवाराजस्ता लक्षणले युक्त हरिबहादुरको क्रियाकलाप व्यक्तिगत भएर पनि सामाजिक-राजनीतिकजस्ता लाग्छन् । सहरमा, गाउँमा, राजनीतिमा उसले गर्ने बिठ्याइँ-चतुर्‍याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता लाग्छन् ‘समकालीन राजनीतिमा झैं उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो ।'

फाइन प्रिन्टले प्रकाशन गरेको उपन्यास ‘हरिबहादुर- स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेकोले अक्षम, अयोग्य व्यक्तिहरू कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण गरेको छ । हास्य र व्यंयको पुटले भरिएको ‘हरिबहादुर-ले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने प्रकाशकको दाबी छ । पुस्तकको मूल्य तीन सय ९८ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.