फिफा वरियतामा नेपाल तीन स्थान तल
काठमाडौँ: विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो।
नेपालको ११० अङ्क रहेको छ। त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो। तीन सय ३१ अङ्क जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ।
त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थान, भुटान १६४औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३औँ स्थानमा छ।
त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१औँ स्थानमा छ। विश्व बरियतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ। रासस