अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन सम्पन्न

अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन सम्पन्न

महिला सिंगल तर्फः प्रजिता, अलिसा, पुरुष सिंगल तर्फःराजिन, विवेक

पोखरा : अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा तीन दिनसम्म चलेको अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेल शुक्रबार सकिएको छ। पोखरा रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा भव्य समापन समारोहका बीच ३ वटै विधामा पश्चिमाञ्चल क्षेत्रबाट खेलाडी छनोट गदै प्रतियोगिता सकिएको हो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले समापन समारोहको प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो। त्यस अवसरमा समापन समारोहलाई सम्बोधन गदै अध्यक्ष पौडेलले राज्यले अन्तराष्ट्रिय स्तरको व्याटमिन्टन खेलका प्रतियोगिता क्षेत्रीयस्तरमा गर्न नसकिरहेको बेलामा निजी क्षेत्रबाट मिडिया हाउसले नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा खेल खेल्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले अन्तराष्ट्रिय स्तरको खेल संचालन गरेर अन्नपूर्ण मिडिया नेटवर्कले अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभो।

‘एउटा मिडिया हाउसले मुुलुकमै पहिलो पटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता देशभरको क्षेत्रीय स्तरसम्म गराउनु राष्ट्र र खेलप्रेमीका लागि गौरवको कुरा हाे, उहाँले भन्नुभो ‘ यो प्रतियोगिताले हाम्रा खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव गराउनेछ ।’

कार्यक्रममा महिला सिंगलतर्फ प्रथम र दोस्रो स्थान हासिल गर्ने प्रजिता गुरुङ, अलिसा बलाललाई नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष विमला भण्डारीले प्रमाणपत्र, नगद पुरस्कारसहित सम्मान गर्नुभयो भने पुरुप सिंगल तर्फ प्रथम र दोस्रो स्थान हासिल गर्ने राजिन खड्का, विवेक जिसीलाई पश्चिमाञ्चलको लोकप्रिय नोभेल एकेडेमीका अध्यक्ष एंव लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी वानका मुख्य सल्लाहकार विश्वेश्वर आचार्यले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभो।

अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा महिला सिंगल तर्फ बिजेता बनेकी प्रजिता गुरुङलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गदै नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष विमला भण्डारी।

त्यसैगरी पुरुष डबल्स्तर्फ प्रथम र दोस्रो स्थान हासिल गर्ने लक्ष्मण श्रेष्ठ, विशाल हिराचन र सिद्धार्थ लामा, तेजेन्द्र गुरुङको जोडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले प्रगियोगितालाई हरेक बर्ष संचालन गदै जाने बताउँदै आगामी बर्षदेखि अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगितालाई अझै भव्य रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभो। ‘खेलको माध्यमबाट पश्चिमेली र खेलाडीसँग हाम्रो सम्बन्ध अझै प्रगाढ बनेको छ’, उहाँले भन्नुभो। प्रतियोगितामा सहभागी खेलाडीहरुलाई अन्नपूर्ण मिडिया नेटवर्कका पश्चिमाञ्चल क्षेत्रीय इन्र्चाज शिवहरि देवकोटा, सेल्स एण्ड मार्केटिङ असिस्टेन्ड प्रकाश दाहालले स्वागत गर्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले खेल अवधिभर हेल्थ डेक्स संचालन गरेको थियो।

प्रतियोगितामा पुरुष डबल्स्तर्फ च्याम्पिन बनेका लक्ष्मण र विशालले आगामी बर्षमा प्रगियोगितालाई निरन्तरता दिन आग्रह गर्नु भएको छ।। प्रतियोगिता राष्ट्रिय रेफ्री किरण कारञ्जितको नेतृत्वको प्राविधिक टिमले सञ्चालन गरेको थियो। यसअघि सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय प्रतियोगिता धनगढीमा, मध्यपश्चिमाञ्चल स्तरीय नेपालगन्ज र पश्चिमाञ्चल स्तरीय बुटवलमा प्रतियोगिता सञ्चालन भइसकेको छ।

अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा पुरुष सिंगल तर्फ बिजेता बनेका राजिन खड्कालाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गदै नोभेल एकेडेमीका अध्यक्ष एंव लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी वानका मुख्य सल्लाहकार विश्वेश्वर आचार्य।

लक्ष्मण र विशाल जोडी बन्यो च्याम्पियन
अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा पुरुष डबल्स् तर्फको उपाधी पोखराकै लक्ष्मण श्रेष्ठ, विशाल हिराचनको जोडीले जितेको छ। शुक्रवार पोखरा रंगशालामा भएको फाइनल खेलमा लक्ष्मण, बिशालको जोडीले सिद्धार्थ लामा, तेजेन्द्र गुरुङको जोडीलाई १६–२१, २१–११ र २१–१४ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्। पहिलो सेटमा लक्ष्मण , बिशालको जोडीले पराजय भोगेपनि दोस्रो र तेस्रो सेटमा लामा, गुरुङको जोडीलाई पराजित गदै पुरुष डबल्स् तर्फ प्रथम स्थान हासिल गदै उपाधि चुमेका थिए। लामा र गुरुङको जोडीले दोस्रो स्थानमा चिक्त बुझाएको छ।

पुरुष सिंगल तर्फको खेलमा राजिन खड्काले बिवेक जिसीलाई १८–२१, २१–१९, र २१–१२ ले पराजित गरि बिजेता बने। निकै प्रतिस्पर्धात्मक रुपमा चलेको खेलमा जिसीले पहिलो सेट जितेपछि खड्का आक्रमक रुपमा उत्रिएका थिए। त्यसपछि लगातार दुई सेट जितेर खड्काले प्रथम स्थान हात पारे। जिसीले दोस्रो स्थानमा रहे।

महिला सिंगल तर्फ प्रजिता गुरुङले अलिसा बलाललाई २१–१०, २१–१२ को सोझो सेटमै पराजित गरि बिजेता बनिन्। बलालले दोस्रो स्थान हासिल गरिन्। प्रतियोगितामा ८० खेलाडीले सहभागीता जनाएका थिए। त्यस मध्ये ३ बिधामा ८ जना खेलाडी पश्चिमाञ्चलबाट काठमाडौमा हुने अर्को चरणको अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट व्याटमिन्टन प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन।
अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा पुरुष डबल्स तर्फ बिजेता बनेका लक्ष्मण श्रेष्ठ, विशाल हिराचनको जोडीलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेल।
तस्बिर : उमेश पुन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.