मेसीमाथि लगाइएको चार खेलको प्रतिबन्ध फुकुवा

मेसीमाथि लगाइएको चार खेलको प्रतिबन्ध फुकुवा

जुरिचः अर्जेन्टिनाका कप्तान लियोनल मेसीमाथि लगाइएको चार खेलकाे प्रतिबन्ध फुकुवा भएको छ।

चिलीविरुद्धको खेलका क्रममा सहायक रेफ्रीलाई गलत ब्यवहार गरेको आरोपमा मेसीमाथि फिफाले चार खेलको प्रतिबन्ध लगाएको थियो। तर, अन्तर्राष्ट्रिय फुटवल महासंघ (फिफा) को अपिल कमिटीले मेसीमाथि चार खेलको प्रतिबन्ध लगाउने यथेष्ट प्रमाण नभेटिएको भन्दै शुक्रबार प्रतिबन्ध फुकुवा गरेकाे हाे।

 

 

यसअघि विश्व कप छनोटअन्तर्गत चिलीविरुद्धको खेलमा मेसीले रेफ्रीलाई मैदानमा अपमान गरेको भन्दै फिफाले चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको थियो। चार खेलको प्रतिबन्धका कारण मेसीले यसअघि बोलिभियाविरुद्धको खेल गुमाएका थिए, जुन खेल अर्जेन्टिनाले २–०ले हारेको थियो।

फिफाको अपिल कमिटीले प्रतिबन्धको निर्णय उल्ट्याइदिएपछि विश्वकप छनोट अन्तर्गत उरुग्वे, पेरु र भेनेजुएलाविरुद्धका खेलमा टिममा मेसी उपलब्ध हुनेछन्।   सन् २०१८ मा रुसमा हुने फिफा विश्व कप फुटबलअन्तर्गत जारी दक्षिण अमेरीकी छनौटमा अर्जेन्टिना समूहको पाँचौ स्थानमा छ। १० टोली सम्मिलित दक्षिण अमेरीकी छनोटमा अव अन्तिम तीन खेल चरणका खेल बाँकी छन्। अर्जेन्टिनाले आगामी ३१ अगष्टमा उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.