यस्तो थियो किमलाई मार्ने अमेरिकाको योजना

यस्तो थियो किमलाई मार्ने अमेरिकाको योजना

एजेन्सी : अमेरिका र उत्तर कोरियाबीच तनाव जारी रहेका बेला उत्तर कोरियाले अमेरिकामाथि एक गम्भीर आरोप लगाएको छ । खुफिया एजेन्सी सिआईएले नेता किम जोन उनको हत्या गर्ने योजना बनाएको आरोप उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले दिएको सूचनामा अमेरिकाले सिआईए र दक्षिण कोरियाली खुफिया एजेन्सीको मिलेमतोमा किमको हत्या गर्ने योजना बनाइरहेको जनाइएको छ ।

अमेरिकाले रेडियोधर्मी पदार्थ र सुक्ष्म विषाक्त पदार्थको प्रयोग गरी उत्तर कोरियाका राष्ट्रपति किमको हत्या गर्ने ठूलो योजना बनारहेको उत्तर कोरियाली रक्षा मन्त्रालयले बताएको छ। यस्तो विषाक्त पदार्थले विस्तारै शरीरमा असर गर्दै जाने र छ महिना, एक बर्षमा यसको असर देखिनेछ । सिआईले एक भ्रष्ट उत्तर कोरियाली नागरिकलाई ठूलो रकम दिई यो कार्य सम्पन्न गर्न अह्राएको उत्तर कोरियाको दावी छ ।

 

यस्तो निन्दनीय हर्कतको कडा जवाफ दिने चेतावनी उत्तर कोरियाले दिएको छ । उत्तर कोरियाले लगाएको आरोपको अमेरिका र दक्षिण कोरियाले कुनै खण्डन गरेका छैनन् ।

अमेरिकाले आफूलाई अटेर गर्ने नेताहरुलाई मार्ने योजना बनाएको यो पहिलो घटना भने होइन । यसअघि क्यूवाली नेता फिडेल क्यास्ट्रोलाई मार्ने अमेरिकाको ६३८ पटकको प्रयास असफल भएको तथ्य बाहिर आएको थियो । गत नोभेम्बरमा ९० बर्षको उमेरमा क्यास्ट्रोको मृत्यु भयो ।

अमेरिकालाई चुनौती दिने भेनेजुयला नेता ह्युगो चावेजलाई पनि अमेरिकाले यस्तै विषाक्त रसायनको प्रयोग गरी क्यान्सर पीडित बनाएर अल्पायुमै मर्न बाध्य बनाएको आरोप अमेरिकामाथि लगाइएको थियो । ५९ बर्षको उमेरमा सन २०१३ मा मृत्यु भएका चावेजलाई अमेरिकाले मन्द बिषको प्रयोग गरी हत्या गरेको आरोप लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.