टर्कीमा सय बढी न्यायाधीश र सरकारी वकिल निलम्बित

 टर्कीमा सय बढी न्यायाधीश र सरकारी वकिल निलम्बित

अङ्कारा : टर्कीका न्यायाधीश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ। गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा तीनलाई निलम्बन गरिएको सरकारी अधिकारीले जनाएका छन्।

टर्कीको न्यायाधीश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको सरकारी समाचार संस्था अनादुलले जनाएको छ।

सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेको बेला कूको प्रयास भएको थियो। जुन प्रयास असफल भएको थियो। कूुको प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो।

एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल कूको प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट यसअघि नै बर्खास्त गरेका थियो। पत्रकार, उच्चस्तरीय व्यापारीलयागत हजारौलाई पक्राउ गरिएको थियो।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन ९एफइटिओ०को संलग्नता रहेका आरोप लागेको थियो।

अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल 'कू'को प्रयासमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.