भाषण गर्दागर्दै बेहोस भएर सांसदको मृत्यु

भाषण गर्दागर्दै बेहोस भएर सांसदको मृत्यु

पेरिस : फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेका बेला मञ्चमा बेहोस बनी ढलेकी समाजवादी दलका सांसदको रिन एर्हेलको शनिबार निधन भएको छ । राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोँलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका बेला एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

'राष्ट्रपति निर्वाचनमा सशक्त रूपमा खटिनुभएकी ५० वर्षीय एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ', फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्तोलनले भने । बार्तोलनका अनुसार उनी प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिएकी थिइन् । 'सन् २००७ देखि फ्रान्सको सांसद रहेकी उहाँ संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिनुहुन्थ्यो', समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ ओलँदले मृतक सांसदको स्मरण गरे ।

एर्हेल म्याक्रोँको निर्वाचन अभियानमा सक्रिय रूपमा लागेकी थिइन् । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुने कार्यक्रम छ। -रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.