फ्रान्समा राष्ट्रपति निर्वाचन, जसले जितेपनि नयाँ इतिहास

फ्रान्समा राष्ट्रपति निर्वाचन, जसले जितेपनि नयाँ इतिहास

एजेन्सी : फ्रान्समा राष्ट्रपति चयन लागि दोस्रो चरणको निर्वाचन चलिरहेको छ । गत अप्रिल २३ मा भएको पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार एमानुअल म्याक्रोन र मारिन ली पेन बीच प्रतिस्पर्धा हुँदैछ । म्याक्रोन लिबरल पार्टीका तर्फबाट उम्मेदार बन्नु भएको हो भने पेन नेशनल फ्रन्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएको हो । राष्ट्रपति चयन हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने व्यवपस्था छ।

दुई मध्ये जुन उम्मेदवारले जितेपनि फ्रान्सको राष्ट्रपतिका सवालमा नयाँ इतिहास रचिने बताइएको छ । म्याक्रोनले जितेको खण्डमा उनी फ्रान्सका हालसम्मकै कान्छा राष्ट्रपति बन्नु हुनेछ । उहाँको उमेर ३९ बर्ष रहेको छ । त्यसैगरी पेनले जितेमा फ्रान्सको पहिलो महिला राष्ट्रपतिको इतिहास रचिने छ । हाससम्म फ्रान्समा राष्ट्रपति पदमा महिला चयन हुन सकेका छैनन्।

जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था रहेको फ्रान्समा राष्ट्रपतिलाई कार्यकारीसहितको अधिकार प्राप्त छ । राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने व्यवस्था भएपनि संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था फ्रान्सको संविधानमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.