फ्रान्सले पायो हालसम्मकै कान्छा राष्ट्रपति

फ्रान्सले पायो हालसम्मकै कान्छा राष्ट्रपति

एजेन्सी : फ्रान्सको राष्ट्रपति चयनका लागि आइतबार भएको दोश्रो चरणको मतदानमा पूर्व अर्थ मन्त्री समेत रहनुभएका एम्यानुएल माक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिको रुपमा विजयी हुनु भएको छ । उहाँ आफ्नी प्रतिद्वन्द्वी मारिन ल पेनलाई ठूलो मतान्तरले हराउँन सफल हुनुभयो । माक्रोनले झण्डै ६५ प्रतिशत मत प्राप्त गर्नु भयो भने उहाँकी प्रतिद्वन्द्वी मारिन ल पेनले करीब ३५ प्रतिशत मात्रै मत पाउनुभयो ।

French President-elect Emmanuel Macron after winning the election (Photo: Reuters)

३९ वर्षीय माक्रोनले फ्रान्सको सबैभन्दा कान्छा राष्ट्रपतिको इतिहास रच्नु भएको छ । माक्रोनलाई फ्रान्समा त्यति नचिनिएको उम्मेदवारको रुपमा लिइन्थ्यो । फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दाबढी मत ल्याउनु पर्ने व्यवस्था छ । गत २३ अप्रिलमा भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दाबढी मत नल्याएपछि सबैभन्दा बढी मत प्राप्त गर्ने माक्रोन र पेनले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए 

'एन मार्के' पार्टीका उम्मेदवार माक्रोन नयाँ राजनीतिक मूल्य मान्यता बोकेका मध्यपन्थी विचारधाराको पक्षधर हुनुहुन्छ भने 'नेशनल फ्रन्ट' पार्टीकी मारिन ल पेन कट्टर दक्षिणपन्थी नेतृ हुनुहुन्छ । सन २००६ देखि २००९ सम्म सोसलिस्ट पार्टीको सदस्य रहनु भएका माक्रोनले एक बर्ष अगाडि (६ अप्रिल २०१६) मात्रै ‘एन मार्के’ नामको नयाँ पार्टी स्थापना गर्नु भएको थियो । चुनावी परिणामपछि माक्रोनका हजारौँ समर्थकले खुशी मनाउँदै देशको झण्डा फहराउँदै पेरिसलगायत विभिन्न सहरमा विजय जुलुस निकालेका छन् । माक्रोनलाई युरोप लगायत विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा नेताहरुले बधाई दिएका छन् ।

पेनले आफू विजयी भएमा फ्रान्सलाई युरोपियन युनियनबाट अलग गर्ने घोषणा गर्नु भएको थियो भने माक्रोन फ्रान्स युरोपियन युनियनमा रहनु पर्ने पक्षमा हुनुहुन्थ्यो । माक्रोनको विजयलाई फ्रान्सेली जनताले युरोपको एकताको पक्षमा मत जाहेर गरेको अर्थमा हेरिएको छ । निर्वाचनमा पराजित मारिन ला पेनले टेलिफोनमार्फत माक्रोनलाई बधाइ दिनुभएको छ । आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै पेनले आफ्नो दल नेशनल फ्रन्ट पार्टी बलियो प्रतिपक्षीको रुपमा रहने बताउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.