भेनेजुएलाका राष्ट्रपतिविरुद्ध महिलाहरू आन्दोलित

भेनेजुएलाका राष्ट्रपतिविरुद्ध महिलाहरू आन्दोलित

काराकास : सेतो कपडा लगाएका हजारौं महिलाले भेनेजुएलाको राजधानीमा शनिबार बृहत् र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको छ । महिलाले गरेको प्रदर्शनको नेतृत्व कारागारमा राखिएका विपक्षी दलका नेता लेओपोल्डो लोपेजकी श्रीमती तथा सांसद लिलिएन टिनटोरीले गरेकी थिइन् ।

प्रदर्शनमा सहभागीहरूले ‘अझै दमन गर' लेखिएको प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई सरकारी सुरक्षाकर्मीले विभिन्न ठाउँमा अवरोध गरेका थिए । विशेष गरेर गृहमन्त्रालयअगाडि प्रदर्शन गर्न खोज्दा उनीहरूलाई सुरक्षाकर्मीहरूले रोक्नुपरेको थियो । प्रदर्शनमा अरू पनि धेरै महिला सांसद सहभागी थिए । उनीहरूले सडक अवरोध गर्नका लागि मात्रै नभई भेनेजुएलालाई स्वतन्त्र बनाउन सडकमा उत्रिएको बताएका थिए । मादुरोविरुद्धको यस्तै प्रदर्शन राजधानीका साथै अन्य सहरमा पनि भएका छन् । सान क्रिस्टोबल र अरागुआमा भएको विरोध प्रदर्शनमा प्रहरीले अ श्रुग्याँस समेत प्रहार गरेको थियो ।

आन्दोलनरत प्रतिपक्षी दलले वामपन्थी नेता तथा राष्ट्रपति मादुरोमाथि सत्तामा रहिरहन चाहेको र यो इच्छा पूरा गर्न निर्वाचन प्रक्रिया ढिलो गराएको आरोप लगाउँदै आएको छ । पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र भेनेजुयलामा पछिल्लो समय खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको अभाव हुन थालेको छ । विपक्षीले देशमा ७ सय प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको, सरकारले शान्ति तथा अमनचयन कायम गर्न नसकेको, संसद्को अधिकारमाथि हस्तक्षेप गरेकोजस्ता आरोप पनि लगाएका छन् ।

सरकारले भने प्राकृतिक रूपमा निम्तिएका समस्याप्रति सरकारलाई दोषी मान्न नमिल्ने तर्क गरेको छ । राष्ट्रपतिलाई दिएका कार्यकारी अधिकारको प्रयोग गर्नुलाई विपक्षीले कानुनी राज्यको अवधारणा लत्याएको भनेर अनावश्यक बखेडा झिकेको भन्दै सरकारले विपक्षीले निहुँ खोज्ने काम गरेको बताएको छ । सबै कुराको समाधान पारस्पारिक वार्ताबाट हुने तथा आन्दोलनले थप आर्थिक संकट निम्त्याउने सरकारी पक्षको भनाइ छ ।

सन् २०१९ मा कार्यकाल अन्त्य हुने भए पनि आफूविरुद्ध अमेरिकी पुँजीपतिहरूले पूरा कार्यकाल सम्पन्न गर्न नदिन षड्यन्त्र गरिरहेको बताउँदै आएका छन् । संकटको समाधान मिलेर अघि बढ्दा जति सहज बन्नसक्छ तर सरकार र विपक्षीको द्वन्द्वले त्यति नै जटिल बनाउँछ । मादुरोविरुद्धको आन्दोलनमा एक महिनाको अवधिधमा ४० जनाभन्दाको मृत्यु भइसकेको छ । निजी सञ्चारमाध्यमले गरेका मत सर्वेक्षणमा मादुरोविरुद्ध करिब ७० प्रतिशत जनता रहेको बताइएको छ ।

विद्यार्थीले पनि मादुरोविरुद्ध आन्दोलन चर्काइरहेका छन् । आन्दोलनकारी शक्तिले गत बिहीबार काराकासमा भेनेजुयलाको केन्द्रीय विश्वविद्यालयबाट ठूलो समूहमा विद्यार्थीलाई आफ्नो पक्षमा उतारेको छ । विद्यार्थीसँगको झडपले आन्दोलनमा ऊर्जा मिलेको र आन्दोलन थप उचाइमा पुगेको आन्दोलनकारी प्रतिपक्षले जनाएको छ । सरकारले भने राजनीतिक माग पूरा गर्न विद्यार्थीलाई आन्दोलनमा उतार्नु गलत भएको बताएको छ । भेनेजुएलाले सन् २०१५ र २०१६ मा चरम खडेरीको पनि सामना गर्नुपरेको थियो । यसबाट उत्पादनमा कमी आएको थियो । हाल भइरहेका विरोधका कार्यक्रमले पनि देशको अत्यावश्यकीय सामान आयात निर्यातमा पनि जटिलता थपिएको हो ।

 

औद्योगिक सहर भ्यालेन्सियामा यसै साता ठूलो संख्यामा प्रदर्शनकारीले भण्डारण गरी राखेका समान भण्डारण क्षेत्रमा आक्रमण गरेका थिए । उनीहरूले लाखौं अमेरिकी डलर बराबरको समान लुटेका र दर्जनौं गाडीमा आगो लगाइदिएका थिए । यसबाट व्यवसायी सरकार र आन्दोलनकारी दुवैपक्षसँग चिढिएका छन् । समान लुट्ने गिरोहलाई नियन्त्रण गर्न गएका प्रहरीको कारबाहीमा दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए ।

विपक्षीले आफूहरूको आन्दोलन अन्तिम चरणमा पुगेको बताउँदै आएका छन् । सरकारजस्तै हिंसात्मक बनेको भए आन्दोलनको बलमा उहिल्यै सत्ता ढलिसक्ने प्रतिपक्षी नेता हेनरिक क्यापराइल्सले बताएका छन् । प्रजातन्त्रमा विश्वास गर्ने भएकाले आफ्नो आन्दोलनलाई निकै हदसम्म शान्तिपूर्ण बनाउने उनले दाबी गरेका छन् । ‘हामी हिंसात्मक तरिकाबाट अघि बढेको भए सरकार त उहिल्यै ढलिसक्थ्यो', उनले भने ।

राष्ट्रपति मादुरोले पनि विपक्षीको आन्दोलन साम्य पार्न संविधानसभाको निर्वाचन गरी नयाँ संविधान जारी गर्न निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाइसकेका छन् । विपक्षीले भने मादुरोले आफ्ना समर्थकलाई मात्र राखेर संविधानसभा गठन गरेको विपक्षीको आरोप छ । गत बुधबार राष्ट्रपति मादुरोले मुलुकमा जटिल द्वन्द्वको शुरुवात भएको स्वीकार गरे । यद्यपि उनले कसैले पनि मातृभूमिलाई भेनेजुएलाका नागरिको प्रतिकूल हुने गरी प्रयोग गर्न नसक्ने बताए । उनको भनाइ अमेरिकी सरकारले आफूलाई हटाउन विपक्षीलाई सहयोग गरेको व्याख्या गर्न खोजेका छन् । यहाँको संसद्मा प्रतिपक्षीको स्थान सत्तापक्षलाई झुकाउन सक्ने गरी शक्तिशाली छ । आन्दोलनका क्रममै महान्यायाधिवक्ता लुइजा अर्टेगा लगायतले सरकारले जनताको जनमतलाई कदर गर्नुपर्ने भन्दै सरकारी दमनको आलोचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.