बोको हरामद्वारा अपहृत ८२ बालिका मुक्त

बोको हरामद्वारा अपहृत ८२ बालिका मुक्त

लागोस :  इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहृत नाइजेरियाको एक विद्यालयका ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ । सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २ सय ७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् ।

नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । ‘हो, उनीहरू अपहरणमुक्त भएका हुन् । बोर्नो राज्यको बान्की सहरमा पुग्नका लागि उनीहरू अबुजाबाट हवाईजहाजमा गएका छन्', एक अधिकारीले भने । बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो ।

रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तर्राष्ट्रिय क्षेत्रबाट आलोचना भएको थियो । राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरूपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताका थिए । उनले अरू बालिकाका बारेमा पनि आशा नमार्न उनीहरूका बाबुआमालाई आग्रह गरेका छन् ।

सन् २०१६ को अक्टोबरमा पनि २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो । सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन् । अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए । उनीहरूलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो । —रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.