‘माओवादीसँग लड्न युद्ध र विकास सँगसँगै’

‘माओवादीसँग लड्न युद्ध र विकास सँगसँगै’

नयाँदिल्ली: भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सशस्त्र माओवादी विद्रोहीसँग लड्न युद्ध र विकास दुवै नीति सँगसँगै अघि बढाइने धारणा व्यक्त गरेका छन् । माओवादी (नक्सलवादी) प्रभावित भारतका १० वटा राज्यका मुख्यमन्त्रीहरूसँगको सम्मेलनमा सिंहले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

 

नक्सलवादीसँगको समस्याका लागि उनले ८ सूत्रीय समाधानको सुझाव प्रस्तुत गरेका छन् । उनले यसलाई नक्सल प्रभावित राज्य सरकारका तर्फबाट माओवादी हिंसा अन्त्यलाई ‘लक्ष्यको एकता’का रूपमा स्वीकार गरी लागू गर्न पनि निर्देश दिएका छन् । उनले ८ सूत्रीय सुझावमा कुशल नेतृत्व, आक्रामक रणनीति, प्रोत्साहन एवं प्रशिक्षण, सशक्त गुप्तचर संयन्त्र, कार्यान्वयनमा तदारुकता, प्रभावकारी प्रविधि, नक्सलपन्थीलाई उपलब्ध हुने आर्थिक सहयोग रोक्न आवश्यक भएको उनको कथन थियो ।

गृहमन्त्री सिंहले विगतमा माओवादी विद्रोहीबाट भएका आक्रमणबाट शिक्षा लिँदै आक्रामक रूपमा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । रणनीति र सुरक्षा बलको तैनाथी, सडक निर्माण लगायत विकासका पूर्वाधार पूरा गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । सम्मेलनमा पश्चिम बंगाल, आन्ध्र प्रदेश, तेलंगाना र मध्य प्रदेशका मुख्यमन्त्रीहरू भने बैठकमा उपस्थित थिएनन् ।

राजनाथ सिंहले नक्सल प्रभावित सबै राज्य सरकारलाई नक्सली हिंसा उन्मूलन गर्न ‘साझा लक्ष्य’ मानेर काम गर्नुपर्नेमा जोड दिए । सशस्त्र नक्सलवादीले बन्दुकको भरमा विकास र लोकतन्त्रको गला घोटेको भन्दै उनले त्यसको भत्र्सना गरे । माओवादीको त्यस्तो प्रयास असफल बनाउन एकीकृत कमानको गठन गरी साझा रणनीति बनाउन सुझाव दिएका छन् ।

सिंहले नक्सलवादीको हिंसा रोक्न उनीहरूको आ श्रयस्थल पत्ता लगाउन मानवरहित विमानको अधिक प्रयोग गरिने दाबी गरे । छत्तीसगढमा माओवादीको आक्रमणमा २५ सुरक्षाकर्मीको मृत्यु भएको थियो । आक्रमणसँगै गृहमन्त्रीले माओवादी प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग बैठक आयोजना गरेका थिए । सिंहले भने, ‘मलाई विश्वास छ, हतियारको बलमा विकासमा अवरोध गर्न र लोकतन्त्रको घाँटी निमोठ्न सम्भव छैन ।’

माओवादी हत्या र हिंसा रोक्न भारतमा ल्याइएको एकीकृत कमान गठनलाई महत्वपूर्ण मानिएको छ।  नक्सलवादीले एउटा राज्यमा हिंसात्मक कार्य गरेर अर्को राज्यमा आ श्रय लिने गर्दै आएका थिए । माओवादी प्रभावित राज्यका प्रहरीलाई विशेष प्रशिक्षण पनि दिइने भएको छ । छत्तीसगढ राज्यका २ हजार प्रहरीले सैन्य स्कुलबाट तालिम लिइसकेका छन् । यसबाट विद्रोहीसँगको भिडन्त र अपरेसनमा सफलता मिलेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.