अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्यान्डमिन्टनको पूर्वाञ्चल छनोट आजदेखि

अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्यान्डमिन्टनको पूर्वाञ्चल छनोट आजदेखि

इटहरीः अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्यान्डमिन्टन प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनोट खेल मंगलबारदेखि इटहरीमा सुरु हुँदैछ । आगामी बुधबारसम्म सञ्चालन हुने प्रतियोगिता इटहरीस्थित इटहरी ब्यान्डमिन्टन क्लबको कभर्ड हलमा सञ्चालन हुनेछ ।

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुने अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पूर्वाञ्चल छनोट खेलको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले गर्नेछन् । यस्तै कार्यक्रममा पूर्व क्षेत्रका प्रहरी प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

 

पूर्वाञ्चल क्षेत्रीय छनोटको सबै तयारी पूरा भइसकेको अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स र महिला एकलसहित तीन विधा समावेश छन् । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीले राजधानीमा हुने अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्यान्डमिन्टनमा सहभागिताको अवसर पाउनेछन् । उनीहरूलाई काठमाडौं आउन र जानका लागि खर्चसमेत आयोजक अन्नपूर्ण मिडिया नेटवर्कले नै बेहोर्नेछ ।

पूर्वाञ्चलस्तरीय छनोटमा पूर्वका सुनसरी, मोरङ, पाँचथर, इलामलगायत विभिन्न जिल्लाका एक सय ५० भन्दा बढी खेलाडी इटहरी आइपुगेका प्रतियोगिताका सहयोगी तथा स्वयंसेवी प्रशिक्षक रकम लिम्बूले जानकारी दिए । अन्नपूर्ण मिडिया नेटवर्कले काठमाडौंमा हुने अन्तर्राष्ट्रिय खेलका लागि पूर्वाञ्चलमा समेत छनोट प्रतियोगिता गरेकोमा यहाँका खेलाडी हर्षित छन् । इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणि गुरुङले यस्ता प्रतियोगिताले खेल संस्कृतिको विकास हुने र खेलाडीलाई समेत हौसला मिल्ने बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमाञ्चलको धनगढी, मध्यपश्चिमाञ्चलको नेपालगन्ज र पश्चिमाञ्चको बुटवल र पोखरामा क्षेत्रीय छनोट प्रतियोगिता सम्पन्न भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.