पोखरी खन्दा मुर्ति भेटियो

पोखरी खन्दा मुर्ति भेटियो

राजविराज : पोखरी जिर्णोद्धारका लागि माटो खन्दा मंगलबार सप्तरीमा विष्णु भगवानको कलात्मक मूर्ति भेटिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका-७ स्थित चिकनी पोखरी जिर्णोद्धारका लागि माटो खन्ने क्रममा कालो पत्थरको मुर्ति भेटिएको स्थानीय लक्ष्मण झाले बताउनु भयो ।


स्काइभेटरले साबिक रामनगर गाविस-२ स्थित पोखरीको माटो खनेपछि तीन फिट लामो र डेढ फिट चौडाई भएको आर्कषक मुर्ति फेला परेको हो । संसदीय विकास कोषको सहयोगमा जनता माध्यमिक विद्यालय रामनगर कोदरकट्टीको चिकनी पोखरी जिर्णोद्धार गर्ने क्रममा विष्णु भगवानको पूर्ण कदको मुर्ति फेला परेको प्रधानाध्यापक देबप्रसाद यादवले बताउनु भयो । विष्णुको वरिपरी विभिन्न आकृतिका स–साना मूर्तिहरु कुँदिएका छन् ।


मूर्ति भेटिएपछि स्थानीयले सो ठाउँको उत्खननको माग गरेका छन् । मुर्तिलाई अहिले साबिक रामनगर १ स्थित रामजानकी मन्दिरमा राखिएको छ । पोखरी खन्दा मूर्ति भेटिएको खबरपछि स्थानीय प्रशासन त्यसतर्फ गएको छ ।


मूर्ति भेटिएको खबर फैलिएपछि वरिपरिका छिमेकी गाउँ रौतहट, मौवाहा, काचन, बेल्ही, मल्हनिया र भारतिय सिमावर्ती गाउँ बलुवा, लौकाहालगायतबाट पुग्ने श्रद्धालुहरुको त्यहाँ भिड नै लागेको छ । भिंड बढेपछि प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.