चुनाव नजिकिँदै जाँदा सेयर बजार बढ्यो

चुनाव नजिकिँदै जाँदा सेयर बजार बढ्यो

काठमाडौं : चुनाव नजिकिँदै जाँदा मंगलबार नेप्से परिसूचक हरियो भएको छ । नेप्से परिसूचक सोमबारको तुलनामा मंगलबार १३.५१ अंकले बढे पनि बजारमा ठूलो कारोबार भने हुन सकेन । चुनावी सरगर्मी बढ्दै जाँदा दैनिक डेढ अर्बको कारोबार ६२ करोड १४ लाखमा खुम्चिए पनि नेप्से परिसूचक भने सबै हरियो भएको नेपाल ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौड्यालले बताउनुभयो । मंगलबार कारोबार भएको रकम सोमबारको तुलनामा १० करोड रुपैयाँले बढी हो ।

लगानीकर्ताको ध्यान चुनावतिर मोडिएको छ । उहाँहरू चुनावपछि बजार बढ्ने आँकलनमा आफूले किनेको सेयर बिक्री गर्न चाहिँ तयार छैनन् अर्थात लगानीकर्ताभन्दा पनि बिक्रीकर्ताको चाप कम छ । ‘बजारमा लगानीकर्ता तथा बिक्रेताको संख्या कमी आएको छ', उहाँले भन्नुभयो, ‘लगानीकर्ताको ध्यान चुनावतिर मोडिएको छ ।' चुनावपछि खुल्ने बजार अझ उचाइमा पुग्ने विश्वासका साथ लगानीकर्ता अडिएका छन् । अन्य लामो बिदाको समयमा पनि यसरी नै लगानीकर्ताले बजारलाई यसरीनै अडान दिइरहेका हुन्छन् ।

नेप्से सोमबार एक हजार ६ सय ५० दशमलव ८१ बिन्दुमा पुगेर बन्द भएको हो । मंगलबारको कारोबारमा धरै उचार चढाव नआए पनि बजार भने शून्य दशमलव ८३ प्रतिशतले उकालो लागेको हो । मंगलबारको बजार सकारात्मक तिर लाग्नुमा जलविद्युत् कम्पनीले टेवा पुर्‍याएको छ । जलविद्युत् समूहको परिसूचक उच्च प्रतिशतले बढेको छ । मंगलबार कारोबारबाट यो समूहको नेप्से ५.८८ प्रतिशतले वृद्धि भएको छ । धेरै जसो जलविद्युत् समूहका कम्पनीको हकप्रद (राइट सेयर आउने गणनासहित लगानीकर्ता यो समूहप्रति आकर्षित भएका हुन् ।

जलविद्युत् समूहको परिसूचक उच्च प्रतिशतले बढेको छ । मंगलबार कारोबारबाट यो समूहको नेप्से ५.८८ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार सानिमामाई हाइड्रोपावर कम्पनीको चार करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर एक हजार दुई सय ३९ पुगेको छ । कम्पनीले प्रस्ताव गरेको १ बराबर १ अनुपातको हकप्रद सेयर नेपाल धितोपत्र बोर्डले यही वैशाख १४ गते प्रक्रिया अघि बढाएको सन्देशसहित बजारमा सानिमामाईको सेयर मूल्य र कारोबार दुवै बढेको हो ।

 

अपि पावर कम्पनीको सेयर मूल्य ८ दशमलव ८१ प्रतिशतले बढेको छ । यस कम्पनीको १ बराबर २ अनुपातको हकप्रद सेयरलाई सेबोनले स्वीकृति दिएको छ । साथै, बुटवल पावर कम्पनी, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र अरुण काबेली पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतदेखि ८ दशमलव ४६ प्रतिशतसम्म वृद्धि भएको छ । अरुण काबेली हाइड्रोपावरको एफपीओ आउने हल्ला बजारमा फैलिए पनि आधिकारिक रूपमा भने यस खबरको पुष्टि भने भइसकेको छैन ।

यस दिन सबैभन्दा बढी अपि पावर कम्पनी र बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् सिनर्जी फाइनान्सका सेयरधनीले सबैभन्दा बढी करिब चार प्रतिशत गुमाएका छन् । कारोबार रकमकै आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो भएको छ । प्राइमको दुई करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसैगरी, विकास बैंक समूहको परिसूचक १ दशमलव २८ प्रतिशत र होटेल समूहको १ प्रतिशत बढेको छ । साथै, बिमा समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ५८ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४७ प्रतिशत र ‘अन्य' समूहको शून्य दशमलव २१ प्रतिशत बढेको हो ।

मंगलबार एक सय ४२ कम्पनीमध्ये एक सय दुई कम्पनीको कारोबार मूल्य बढेको २७ कम्पनीको सेयर मूल्य घटेको र १३ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारबाट १९ खर्ब १६ अर्बको बजार पुँजीकरण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.