क्यानडामा भीषण बाढी, हजारौंलाई सारियो

क्यानडामा भीषण बाढी, हजारौंलाई सारियो

मोन्ट्रियल : क्यानडामा भीषण बढीले जनजीवन अस्तव्यस्त भएपछि यहाँको सरकारले सेनालाई खटाएको छ । हजारौं क्यानडाली नागरिक बाढीको चपेटामा परेपछि उद्धारका लागि सेना खटाउनुपरेको हो ।पचास वर्षयताकै सबैभन्दा भीषण बाढी आएको सरकारी अधिकारीले बताएका छन् । क्यानडाको राजधानी क्षेत्र ग्याटिनो र मोन्ट्रियलको बीचमा रहेको क्युबेक प्रान्तमा २ सय किलोमिटर क्षेत्रमा कैयौं नदी र तलाउहरूमा पानी पानी भएको छ । विज्ञहरूले अब यस क्षेत्रको जमिनले पानी सोस्न नसक्ने बताएका छन् ।

क्युबेकका जन सुरक्षामन्त्री मार्टिन कोटेक्सले भने, 'अतिवृष्टि कम हुँदै छ । बुधबारसम्म स्थिति केही सुधार हुन्छ कि ।' क्युबेकमा करिब २ हजर ५ सय र ओन्टेरियोमा ३ सयभन्दा बढी घर बाढीको चपेटामा परेका छन् । सरकारले त्यहाँबाट १ हजार ५ सय मानिसलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्न आदेश दिइसकेको छ । आइतबारदेखि मोन्ट्रियलमा ४८ घण्टा लामो आपत्काल घोषणा गरिएको थियो । रेडक्रसको सहयोगमा हजारौंलाई स्थानान्तरण गरिएको छ ।

 

अधिकांश सडक जलमग्न भएका छन् । स्थलमार्ग पूरै जलाम्मे भएपछि स्थानीय बासिन्दा डुंगा र ससाना जहाज प्रयोग गरी सुरक्षित स्थलतर्फ लागेका छन् । गत बाढी पीडितको सहायताका लागि १ हजार ६ सय ५० सैनिकलाई तैनाथ गरिएको छ । आइतबारसम्म १ हजार २ सय सैनिक खटिएकोमा थप सैनिक खटाउनुपरेको सेनाले बताएको छ । उद्धारका लागि सेनाका हेलिकोप्टर र डुंगा तयारी अवस्थामा राखिएको छ ।

बाढीका कारण क्युबेक र ब्रिटीश कोलम्बिायामा ३ जनाको शव भेटिएको छ । यात्रा गरिरहेका उनीहरू बाढी आएपछि ज्यान जोगाउन कारको छतमा चढेका थिए । बाढीले कार नै बगाउँदा उनीहरूको मृत्यु भएको थियो । मोन्ट्रियलका मेयर डेनिस कोडर्रेले राज्यका बाँधहरूले जलप्रवाह थेग्न कठिन भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.