प्रिमियर सोको रकम विद्यार्थीलाई

प्रिमियर सोको रकम विद्यार्थीलाई

काठमाडौं :  आगामी मे १४ मा जापानको नाकानो जिरो हलमा नेपाली चलचित्र ‘सायद २' देखाइने भएको छ । चलचित्रको प्रिमियर सो जापानमा देखाइन लागेको निर्माण पक्षले जनाएको छ । प्रिमियर सोका लागि चलचित्रका निर्माता सुनील रावल र नायक सुशील श्रेष्ठसहितको टिम जापान पुगेको छ ।

उनीहरू मंगलबार बिहान जापान पुगेका हुन् । युवाहरूको कथालाई टिपेर बनाइएको चलचित्र ‘सायद २' नेपालमा भने असार ३० गते प्रदर्शन गरिनेछ । चलचित्रका अर्का निर्माता जापानमै व्यवसाय गर्दै आएको ईश्वर श्रेष्ठ हुन् । उनले प्रिमियर सोको सम्पूर्ण तयारी पूरा गरेको जनाएका छन् ।

चलचित्र प्रदर्शनबाट उठेको रकम जापानमै रहेर अध्ययन गरिरहेका नेपालको सुदूरपश्चिमका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने निर्माता श्रेष्ठले जानकारी दिए । दुर्गिम फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृता ढुंगाना, निशा कार्की, रुविना कार्कीलगायतले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.