बम विस्फोटमा परी एकै परिवारका सातको मृत्यु

बम विस्फोटमा परी एकै परिवारका सातको मृत्यु

हेरात : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

यस घटनामा मारिएका सबै एकै परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक सवारी साधान विस्फोट पदार्थमा ठोक्किँदा सो सवारी साधनमा भएका सबै व्यक्ति मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

 

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरको भएको यस आक्रमणमा तालिवान आतङ्ककारी समूहको हात रहेको वालिजादाले दावी गरेका छन् ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र त्यहाँ जारी द्वन्द्वको क्रममा भएका हिंसा र हत्यामा परी करिब ७१५ सर्वसाधारण व्यक्तिको मृत्यु भएको छ भने, अन्य एक हजार ४६० भन्दाबढी व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.