सुरक्षा संयन्त्र बलियो

सुरक्षा संयन्त्र बलियो

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचनमा कुनै घटना हुन नदिन सुरक्षा सक्रियता बढाएको बताउनुभएको छ । निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘घटना घट्नु अगाडी नै सुरक्षा निकायले नियन्त्रणमा लिएर तदारुकता देखाएकाले घटना कम भएको दाबी गर्नुभयो कतिपय राजनीतिक दलले तोडफोड गर्ने घोषणा गरेको अवस्थामा पनि सुरक्षानिकायको सक्रियताले त्यस्ता गतिविधि कम भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले निर्वाचन आयोगको सक्रियताका कारण चुनावको उत्साहपूर्ण वातावरण बनेको भन्दै आयोगको प्रशंसासमेत गर्नुभयो । ‘निर्वाचन आयोगले निरन्तर मेहनेत नगरेको भए यो संभव थिएन’उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले यति हुँदाहुँदै पनि कतिपय घटना घटेको भन्दै निर्वाचनको क्रममा घटेका घटना गम्भीररुपमा हेर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । ‘ ‘घटना जति भएका छन् सरकारले गम्भिर रुपमा लिएको छ’ उहाँले भन्नुभयो – ‘यी सबै विषय गम्भिर रुपले हेर्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा विभिन्न राजनैतिक दलका तर्फबाट गरिएको ध्यानाकर्षणप्रति सरकार गम्भिर रहेको उहाँको भनाई थियो । दाहालले दोलखामा भएको घटना दुःखद भएको भन्दै सत्यतत्य छानविन गर्ने विश्वास व्यक्त गर्नुभयो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.