ट्रम्पद्वारा एफबीआईका निर्देशक बर्खास्त

ट्रम्पद्वारा एफबीआईका निर्देशक बर्खास्त

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार फेडरल ब्यरो अफ इन्भेस्टिगेशन (एफबीआई)का निर्देशक जेम्स कोमेलाई पदबाट बर्खास्त गरेका छन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसले हस्तक्षेप गरेको भन्ने आरोपको छानबिन भइरहेका बेला कोमेको बर्खास्तगीलाई आश्चर्यजनक मानिएको छ ।

उक्त छानबिनको नेतृत्व कोमेले गरिरहेका छन् । हिलारी क्लिन्टनलाई राष्ट्रपतिमा हराउन रूसले साइबर आक्रमण गरेको जस्ता आरोप लागिरहेका थिए । यसबाट डोनल्ड ट्रम्पलाई सहयोग पुगेको भन्ने आरोप प्रत्यारोप भएका थिए । निर्वाचनका बेला पनि एफबीआईले रूसबाट साइबर आक्रमण भएको भन्ने जस्ता कुरा तत्कालीन राष्ट्रपति बाराक ओबामालाई बुझाएका थिए । ट्रम्पले मंगलबार एक पत्र लेख्दै कोमे एफबीआईलाई प्रभावशाली नेतृत्व गर्न सक्षम नभएको उल्लेख गरेका थिए । संस्थाको विश्वसनीयता कायम गर्न आवश्यक भएको भन्दै उनले आफूले विशेष कदम चाल्नुपरेको स्पष्ट पारेका छन् ।

ट्रम्पले भने, ‘यसै कारण तपाईंलाई तत्काल बर्खास्त गरिएको छ र कार्यालयको सेवाबाट हटाइएको छ ।' केही दिनपूर्व मात्र कोमेले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसको हस्तक्षेप र ट्रम्पसँग हुनसक्ने साँठगाँठबारे एफबीआईले गरिरहेको अनुसन्धानको वयान ह्वाइट हाउसमा दिएका थिए । कोमेले रूस र आफूसँग कुनै गठबन्धन नभएको जानकारी तीनपटक दिइसकेको पनि खुलासा गरेका छन् । यद्यपि न्याय विभागको सुझावअनुसार आफूले यस्तो काम गर्नुपरेको दाबी गरेका छन् । उनले भने, ‘म न्याय विभागको निर्णयसँग म सहमत छु । तपाईं एफबीआईको प्रभावशाली नेतृत्व गर्न सक्षम हुनुहुन्न ।'

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘एफबीआई हाम्रो देशको सबैभन्दा सम्मानजनक संस्थामध्येको एक हो । कानुनी रक्षा गर्ने अमेरिकाको महत्वपूर्ण संस्थामा आज नयाँ परिवर्तन हुँदै छ ।' सन् २०१६ को राष्ट्रपति पदको निर्वाचनका बेला कोमेले पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले मन्त्रालयका इमेल व्यक्तिगत इमेल प्रयोग गरी गर्ने गरेको विषयमा पुनः छानबिन गर्ने घोषणा गरेका थिए । यसबाट क्लिन्टनको छवि ध्वस्त बनेको र हार हुन पुगेको डेमोक्र्याट पार्टीका सदस्यले गर्दै आएका छन् ।

आफूलाई बर्खास्तगीको पत्र बुझाइँदा कोमेले लस एन्जलसमा एफबीआईका कर्मचारीलाई सम्बोधन गर्दै थिए । डेमोक्र्याटिक पार्टीका सदस्यले कोमेको बर्खास्तगीको आलोचना गरेका छन् । अनुसन्धानलाई प्रभावमा पार्न ट्रम्पले बर्खास्तगी गरेको हुनसक्ने उनीहरूको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.