भारतीय अपराधी बबलुको अदालत परिसरमै गोली हानी हत्‍या

 भारतीय अपराधी बबलुको अदालत परिसरमै गोली हानी हत्‍या

एजेन्सी: नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय अपराधी बबलु दुवेको बिहारको बेतियास्थित अदालत परिसरमै गोली हानी हत्‍या गरिएको छ। उनीमाथि हत्‍या, बलात्कार लगायत ५० बढी सार्वजनिक अपराधको मुद्दा लागेको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ।

बेतिया प्रहरीका अनुसार बबलू दूबेलाई अदालतमा पेसीको लागि लैजाँदै गर्दा हतियारधारी समूहले अदालत परिसरमै गोली हानी हत्‍या गरेका हुन्। उनीहरुले बबलुलाई अदालत परिसरमै निसाना बनाएर लगातार पाँच गोली हानेका थिए जसले घटनास्थलमै उनको मृत्‍यु भयो।

पश्‍चिम चम्पारनका प्रहरी निरीक्षक विनय कुमारले प्रत्‍यक्ष दर्शीलाई उद्दृत गर्दै तीन चार वटा आपराधिक समूहले गोली चलाएको जिम्मा लिएका हुन्। उनले बबलुमाथि नजिकबाट गोली हानिएको बताउँदै गोली हान्‍नेको खोजी भइरहेको बताएका छन्।

यसअघि बबलु चम्पारन जिल्लाको सिसुवाबथान गाउँका बिहार पिपुल्स लिबरेशन फ्रन्ट स्वयम्भूका अध्‍यक्ष रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.