तलाकबारे सर्वोच्चमा अदालतमा सुनुवाइ

तलाकबारे सर्वोच्चमा अदालतमा सुनुवाइ

नयाँ दिल्ली :  भारतको सर्वोच्च अदालतले मुस्लिम धर्मावलम्बीमा प्रचलित ‘तीन तलाक’, ‘निकाह हलाला’ र बहुपत्नी प्रथाको विरोधमा परेको मुद्दामा बिहीबारदेखि सुनुवाइ सुरु गरेको छ । प्रधानन्यायाधीश जगदीश सिंह खेहको अध्यक्षतामा भइरहेको सुनुवाइ १० दिनसम्म चल्नेछ । अदालतले यो धर्मको विषय हो कि होइन भन्ने विषय बुझ्न खोजेको बताएको छ ।

यदि मुस्लिमको यो धार्मिक अधिकार भएमा यसमा हस्तक्षेप नगर्ने अदालतको भनाइ छ । यदि यो धार्मिक विषय नठहरिएमा सुनुवाइ गर्ने अदालतले स्पष्ट पारेको छ । तीन तलाकबाट मौलिक अधिकारको हनन भएको वा नभएको अदालतले बझ्नेछ ।

बहुविवाहमाथि भने अदालतले सुनुवाइ नगर्ने जानकारी दिएको छ । सुरुका तीन दिनसम्म तीन तलाकका विरोधीको बहस हुनेछ भने त्यसपछिका तीन दिनसम्म प्रतिवादी पक्षले बहस गर्नेछ । सिख, इसाई, पारसी, हिन्दु र मुस्लिमसहित विभिन्न धर्मावलम्बी न्यायाधीश कुरियन जोसेफ, आरएफ नरिमन, उदय उमेश ललित र अब्दुल नजिरले मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

सर्वोच्च अदालतले तीन तलाकमाथि प्रतिबन्ध लगाइएका मुस्लिम धर्मावलम्बी देशका कानुनको पनि अध्ययन गर्ने बताएको छ । तीन तलाकविरुद्ध मुद्दा दायर गर्ने मुस्लिम धर्मावलम्बीले यो इस्लामको भावनाअनुसार भएको भए कैयौं मुस्लिम देशले प्रतिबन्ध नगर्ने दाबी गरेका छन् । तीन तलाकबाट मुस्लिम महिला पीडित भएको भन्दै पाँचजना मुस्लिम महिलाले मुद्दा दायर गरेका थिए ।

अदालतले यो मुद्दा निकै पेचिलो भएकाले विशेष सुनुवाइ गर्नुपर्ने बताएको छ । उनीहरूले तीन तलाक धार्मिक स्वतन्त्रताअन्तर्गत नपर्ने पुष्टि गर्नुपर्नेछ । प्रतिवादीले तीन तलाक धर्मकै भाग भएको तर्क पुष्टि गर्नुपर्नेछ ।

 

भारतका पूर्वविदेशमन्त्री एवं वरिष्ठ अधिवक्ता सलमान खुर्सिदले तीन तलाकलाई वैध मान्नुपर्ने बताएका छन् । न्यायाधीश रोहङटनको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए । पर्सनल ल बोर्डका तर्फबाट पूर्वमन्त्री कपिल सिब्बलले पनि खुर्सिदको समर्थन गरेका थिए । केन्द्र सरकारले भने तीन तलाक लैंगिक समानता र महिलाअधिकारको विपक्षमा भएको तर्क पेश गरेको छ । केन्द्र सरकारले यसबाट अधिकार हनन भएको बताउँदै आएको छ । धर्मनिरपेक्ष मुलुक भारतमा कानुनले दिएको अधिकारबाट महिलालाई वञ्चित गर्नु उचित नभएको स्पष्ट पारेको छ ।

सरकारले पाकिस्तान जस्ता कैयौं मुस्लिम देशमा तलाक र बहुविवाहमा भएका सुधार र प्रतिबन्ध लगाइएका कानुनको स्मरण गराएको छ । तीन तलाकका कारण आफू पीडित भएको भन्दै मुस्लिम महिला फाउन्डेशनको नेतृत्वमा बुधबार पचासजना मुस्लिम महिलाले वाराणसीस्थित हनुमान मन्दिरमा एक सयपल्ट हनुमान चालीसा पाठ गरेका थिए । फाउन्डेशनकी प्रमुख नाजनीत अन्सारीले मुस्लिम दिदीबहिनीको संकट हटाउन आफूहरूले यस्तो प्रार्थना गर्नुपरेको बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.