दलाई लामासँग अमेरिकी सांसदको भेट : चीनको आपत्ति

दलाई लामासँग अमेरिकी सांसदको भेट :  चीनको आपत्ति

बेइजिङ :  चीनले अमेरिकी सांसदको प्रतिनिधिमण्डलले आध्यात्मिक गुरु दलाई लामालाई भेटेकोमा आपत्ति प्रकट गरेको छ । भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामालाई भेटेको थियो । अमेरिकाले संसारलाई गलत सन्देश दिन खोजिरहेको चीनले दाबी गरेको छ ।

एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको अमेरिकाले यस्ता गतिविधि गरेर गलत काम गरेको चिनियाँ भनाइ छ । स्वतन्त्र तिब्बतलाई समर्थन नदिने वचन दिएको अमेरिकाले दलाई लामासँग भेटेर गल्ती गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बताए । उनले सञ्चारकर्मीसँग भने, ‘१४औं दलाई लामा राजनीतिक रूपमा निर्वासित छन् ।

उनले धर्मको आडमा चीनविरोधी गतिविधिमा लामो समयदेखि संलग्न छन् ।' अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीकी नेता नान्सी पेलोसीको नेतृत्वमा कंग्रेसका द्विसदस्यस्य प्रतिनिधिमण्डलले हिमाचल प्रदेशस्थित धर्मशालामा आध्यात्मिक गुरु ८१ वर्षीय लामालाई भेटेका थिए । सुआङले भने, ‘दलाई लामा स्वतन्त्र तिब्बत चाहने समूहका प्रमुख नेता पनि हुन् ।' उनले डोनल्ड ट्रम्प राष्ट्रपति भएलगत्तै भएका यस्ता कदमले अमेरिकी नीतिमा परिवर्तन भएको हो भन्ने प्रश्न गरेका थिए । — एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.