गरिब बच्चासँग जस्टिन बिबर

गरिब बच्चासँग जस्टिन बिबर

एजेन्सी : कन्सर्टका क्रममा भारत भ्रमणमा आइपुगेका हलिउड पपगायक जस्टिन बिबरले भारतका गरिब बच्चाहरूलाई भेटेका छन् । बुधबार भारतको डिबाई पाटिल स्टेडियममा उपस्थित भएका उनको बच्चाहरूका साथ रमाएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।जस्टिनले बालबालिकासँग भेटेर निकै खुसी लागेको र उनीहरू एकदमै असल अनि ज्ञानी भएको भन्दै प्रशंसासमेत गरेका थिए । धेरै पहिलादेखि भारत आउने हल्ला चलेका बिबर मंगलबार राति चार्टर फ्लाइटमार्फत आफ्नो सांगीतिक समूहसहित मुम्बई एयरपोर्ट आइपुगेका थिए ।

परपोज वल्र्ड टुरको क्रममा ६ मे का दिन दुबईमा प्रस्तुति दिएका जस्टिन त्यसपछि भारत आएका हुन् । उनको कार्यक्रममा ह्यारी पोर्टरकी नायिका एलारिका जोनसनले कार्यक्रम होस्ट गरेकी थिइन् । कार्यक्रममा डिबाई पाटिल स्टेडियममा ४५ हजार दर्शक उपस्थित थिए ।

 

बिबरको सुरक्षाका लागि पाँच सय प्रहरीसहित २५ जना अफिसर खटिएका थिए । उनको कन्सर्ट ड्रोन क्यामराले निगरानी गरिएको थियो । उनका लागि सलमान खानको सेक्युरिटी गार्ड सेरा पनि उपस्थित भएका थिए । दुई दिनका लागि भारत आएका उनी आग्रा, जयपुर, नयाँदिल्लीमा समय बिताउनेछन् । उनले कन्सर्टपछि पार्टीको समेत आयोजना गरेका थिए । कन्सर्टमा एक लिटर पानी सय रुपैयाँ र एउटा चिप्सको एक सय ५० रुपैयाँमा बिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.