विरुवा खाँदा पक्राउ पर्यो भैसी !
एजेन्सी: भारतको उत्तर प्रदेशस्थित युपी प्रहरीले एक भैसीमाथि कलेजको रुख विरुवा खाएको आरोपमा पक्राउ गरेको छ। भारतीय पत्रिका टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार भैसीले कारनामा लखीमपुर खीरी जिल्लाको बलदेव वैदिक इन्टर कलेजमा पसेर रुख-विरुवा खाएकोले पक्राउ गरिएको हो।
सरकारी सम्पत्तिमाथि ज्यादती गरेको र गेट फोडेर भित्र पसेको आरोप युपी प्रहरीले भैंसीमाथि आरोप लगाएको छ। जब भैसीले बोटविरुवा चपाइरहेका थिए, कलेज प्रशासनले प्रहरीमा खबर गरेका थिए। भैंसीले कलेजको सम्पतिमा हानी पुर्याएको भन्दै मालिकलाई जमानत भर्नु पर्ने युपी प्रहरीको भनाई छ।