छ बालबालिकाका शव निकालियो
चीन: चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन्।
ती बालबालिकालाई गत बुधबार पौडी खेल्नको लागि बिद्यालयबाट गुआङ्गसी जुआङ्ग सहरमा अवस्थित एक नदीमा लगिएको थियो। प्राथमिक विद्यालयका ती विद्यार्थिलाई बेइलिउ सहरमा रहेको एक विद्यालयबाट पौडी खेलाउनको लागि लगिएको थियो।
उद्धारकर्ताको टोलीले बुधबार बेलुका नै दुई वटा शवको निकालेका थिए। त्यसगरी बिहीबार एक जनाको र शुक्रबार तीन जना गरी छ जनाको शव निकालेका बताइएको छ।
स्थानीय सरकारले विद्यालयलाई विद्यार्थिलाई असुरक्षित नदीमा लगेको विषयमा स्पष्टिकरण सोधेको बताइएको छ। रासस/सिन्ह्वा