'मलाई विश्‍वले वेस्ट लभर मान्छन्, तर म आफूलाई मान्दिन'

'मलाई विश्‍वले वेस्ट लभर मान्छन्, तर म आफूलाई मान्दिन'

एजेन्सी: बलिउडका बादशाह शाहरुख खानले विश्‍वले आफूलाई वेस्ट लभर माने पनि आफूले त्यस्तो नमानेको बताउनुभएको छ। भारतीय चर्चित टक शो 'टेड टक'मा कुराकानी गर्दै शाहरुख खानले यस्तो बताउनुभएको हो।

१७ मिनेट लामो उसले आफ्नो बारेमा बताउँदै आफ्नो जिन्दगीलाई अभर नभएको बताउनुभयो। उहाँले भन्‍नुभयो, 'म 51 सालको फिल्मको नक्षत्र तारा हुँ। म सपना बेच्छु र भारत लगात विश्‍वबाट माया पाउँदै आएको छु। तर मलाई विश्‍वले सर्वश्रेष्ठ प्रेमी माने पनि म त्‍यसि्तो भने होइन।'

उहाँले भन्‍नु भएको छ, 'जब मेरो बुवाको मृत्यु भयो, म १४ वर्षको थिएँ। मैले आफ्‍नै हातले बुवाको लाश गाड्‍नु पर्‍यो। आमालाई अस्पतालबाट गाडीमा पुर्‍याए र ल्याए। साह्रै गाह्रो भएको थियो। त्यतिबेला म मैले आफूलाई भाग्‍यमानी ठानिन्।'

 

यस्तै शाहरुखले चार वर्ष पहिले आफ्नो पत्‍नीले तेस्रो सन्तानको इच्छा राख्‍दा इन्टरनेटमा १५ वर्ष पहिले नै शाहरुखले रोमानियाको एक केटीलाई आफ्नो वीर्य दान गरिसकिएको दाबी गरिएको थियो।तर त्‍यो एउटा गलत भिडियो थियो। जसले उसको पत्नी र परिवारसँगको सम्बन्ध राम्रो हुन सकेन। सबै दुखी भएका थिए। यसमा शाहरुखले आफूलाई पछुतो हुनु परेको बताउनु भएको छ।

उहाँका अनुसार जब छोरा १९ वर्षको भयो तब हेल्लो भने पनि उल्टै दाजुको सम्बोधन गरियो र भनियो, 'युरोपको ड्राइभिङ लाइसेन्स पनि तपाईसँग छै ब्रो ?'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.