सय देशमा साइबर आक्रमण

सय देशमा साइबर आक्रमण

वासिङटन :  विश्वभरका एक सय वटा देशका सयौँ संघसंस्थामाथि शृंखलाबद्ध साइबर आक्रमण भएका छन् । अमेरिका, बेलायत, चीन, रूस, स्पेन, इटाली, भियतनामलगायतका एक सय देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । साइबर आक्रमणका कारण लाखौं कम्युटरले काम गर्न छाडेका छन् । मालवेयर कम्प्‍युटर भाइरसले प्रभावित कम्युटरलाई पुनः काम गर्ने बनाउन उनीहरूले तीन सय डलर माग गरेका छन् ।

आतंककारीविरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा ह्याकरहरूले उठाएको विज्ञले बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो ।

यसैगरी उक्त आक्रमणबाट बेलायतको स्वास्थ्य सेवा प्रभावित भएको छ । अमेरिकी अन्तर्राष्‍ट्रिय कुरियर सर्भिस फेडेक्स प्रभावित भएको छ । साइबर विशेषज्ञका अनुसार मालवेयर कम्प्‍युटर भाइरस 'रेनसमवेयर'को प्रभावमा आएर कम्प्युटर प्रणाली प्रभावित भएका छन् । यस्तो भाइरस स्पाम इमेलमार्फत ‘जब अफर', इनभायसस, सेक्‍युरिटी वार्निङ जस्ता नाममा पठाइएको छ ।

त्यस्तो भाइरस एकपटक कम्प्युटरमा प्रवेश गरेपछि प्रणाली नै ध्वस्त पार्ने गरेको छ । त्यसलाई पहिलेकै जस्तै गरी चलाउनका लागि ३ सय अमेरिकी डलरदेखि ६ सय डलरसम्म माग गरिएको छ । कम्प्युटर सुरक्षाविज्ञका अनुसार केही पीडितले डिजिटल मुद्रा ‘बिटक्वाइन'मार्फत फिरौती रकम पनि दिन थालेका छन् । यद्यपि उनीहरूले साइबर आक्रमणकारीलाई दिएको रकम भने बताउन चाहेनन् ।

यो साइबर आक्रमणपछि कम्प्युटरले काम गर्न छोडेका छन् । उक्त भाइरसबाट प्रभावित संघसंस्थाले कम्प्युटर लक गरिएका र रकम माग गरिएका स्क्रिन सट सेयर गर्न थालेका छन् । साइबर आक्रमणपछि बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिस अवरुद्ध भएको छ । ३६ हजार व्यक्तिसँग रकम माग गरिएकोसुरक्षाविज्ञले जानकारी दिएका छन् । यो भानाक्राइ वा योसँग मिल्दोजुल्दो नामसँग गरिएको छ । यो निकै ठूलो आक्रमण भएको बताइएको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) पनि रेन्समवेयरबाट ध्वस्त भएको छ । ह्याकरहरूले बेलायतको स्वास्थ्य सेवासँग जोडिएका कम्प्युटरलाई निशाना बनाएका छन् । एनएचएसका कर्मचारीहरूले भानाक्राइको प्रोग्रामको स्क्रिन सट सेयर गरेका छन् । यसबाट आजित भएर बेलायतका अस्पतालहरूले सेवा दिन रोकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.