नतिजाबाट असन्तुष्ट १२ विद्यार्थीद्वारा आत्महत्या

नतिजाबाट असन्तुष्ट १२ विद्यार्थीद्वारा आत्महत्या

नयाँदिल्ली: भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिनुभयो। मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परिक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

आत्महत्या गर्ने मध्ये तीन जना एउटै बाबु आमाका सन्तान भएको बताइएको छ। भारतको सात्ना जिल्लाको छतरपुर, गुना, इन्डोर, बालाघाट, ग्वालिएर, टिकाम्गार्हा, भिन्द, जवालपुर र भोपाल जिल्लामा घटना भएको प्रहरीको भनाइ छ।

उनीहरु मध्ये कतिपय विद्यार्थीले घरको ‘सिलिङ फ्यान’मा झुण्डीएर आत्महत्या गरेका र कतिपयले विषालु पदार्थ खाएर आत्महत्या गरेको अनुसन्धानबाट पुष्टी भएको छ।

“मृत्यु भएकाहरुको शव शव परीक्षणका लागि पठाइएको छ,” एक प्रहरी अधिकारीले भन्नुभयो । परीक्षाको नतिजा नराम्रो आएपछि यसरी आत्महत्या गर्ने घटना भारतमा यसअघि पनि हुने गरेको छ।

प्रदेशस्तरिय परीक्षामा राम्रो नतिजा ल्याउन बाबुआमाहरुले अतिधेरै दवाव दिनेगरेकाले राम्रो नतिजा नआएपछि विद्यार्थीहरुले आत्महत्या गरेका हुन् ।
पश्चिमी राजस्थान प्रदेशको कोटा सहरमा पछिल्लो पाँच वर्षमा मात्रै ७० भन्दाबढी विद्यार्थीले यस्तै अपेक्षित नतिजा नआएपछि आत्महत्या गरेका थिए । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.