शीर्ष नेता कसले कहाँ मतदान गरे ? (फोटोसहित)

शीर्ष नेता कसले कहाँ मतदान गरे ? (फोटोसहित)

काठमाडौं : शंका र उपशंकाका बीच आइतबार स्थानीय तहको पहिलो चरणको मतदान सम्पन्न भएको छ। तीन प्रदेशका ३४ जिल्लाका अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

स्थानीय तहको निर्वाचन भए पनि जसको प्रभाव राष्ट्रिय राजनीतिमा प्रष्टसँग देखिएको छ। सर्वसाधारण उत्साहका साथ मतदान केन्द्रमा पुग्दा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न राजनीतिक दलका शीर्ष नेताले उत्साहका साथ मतदान गरेका छन्। आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो।

प्रधानमन्त्री प्रचण्ड चितवनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनामा मतदान गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका ४ स्थित लंकु माध्यमिक विद्यालयको मतदान केन्द्र ‘ख’ केन्द्रबाट मतदान गर्नुभएको हो। मतदानपछि उहाँले अपेक्षा गरेभन्दा बढी सफल हुने विश्वास समेत ब्यक्त गर्नुभयो। आवश्यकता अनुसार काँग्रेस संग तालमेल गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री दाहालले बिहान सात बजे सबैभन्दा पहिला मत हालेर मतदान प्रकृया सुरु गर्नुभएको हो। यसपटक छोरी रेणु दाहाल महानगर प्रमुख पदको उम्मेदवार बन्नुभएको छ।

एमाले अध्यक्ष ओली बालकोटमा
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय केन्द्रमा मतदान गर्नु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका ओली मतदानका लागि मध्यान्ह १२ बजेतिर बालकोटस्थित महेन्द्र शान्ति विद्यालय केन्द्रमा पुग्नु भएको थियो।

नयाँ शक्तिका संयोजक बाबुराम गोरखामा
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले गोरखाको पालुंटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ। पूर्वप्रधानमन्त्री समेत रहनु भएका भट्टराईले आफ्नै गृहजिल्लाको मतदाता हुनुहुन्छ। भट्राईकै मतदान केन्द्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गर्नुभएको छ भने काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गर्नुभयो।

रामचन्द्र पौडेल तनहुँमा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँस्थित सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ। मतदानपछि बोल्दै पौडेलले पहिलो पटक स्थानीय तहमा सिंहदरबारको अधिकार आएको बताउनु भयो। वनमन्त्री शंकर भण्डारीले भानुको पूर्कोट तथा पूर्व गृह मन्त्री गोविन्दराज जोशीले भानुको मानेचौकामा मत दिनुभएको छ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री प्रकाशमान सिंहले  काठमाडौको पकनाजोलस्थित नेपाल युवक मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ। नेता सिंह आइतबार दिउँसो मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो। 

कमल थापा हेटौंडामा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा ५ स्थित बालज्योती मतदान केन्द्रमा मतदान गर्नुभएको छ। आइतबार बिहान ७ : ३० बजे उहाँले मतदान गर्नुभएको हो। राप्रपाबाट हेटौ‌‌डाको मेयरमा मधु अधिकारी उम्मेदवार हुनुहुन्छ।


नारायणकाजी श्रेष्ठ गोरखामा

पूर्व परराष्ट्रमन्त्री एवम् माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका– ८ स्थित परोपकार आदर्श मावि जौवारी केन्द्रबाट मतदान गर्नुभएको छ।

किशोर थापा बल्खुमा
पत्रकार रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार किशोर थापाले बल्खुबाट मतदान गर्नु भएको छ। पूर्वसचिव समेत रहनु भएका थापालाई साझा पार्टीले काठमाडौंको मेयरमा उम्मेदवार उठाएको हो। थापा शहरी विकासका विज्ञ मानिनु हुन्छ। वैकल्पिक शक्ति साझा पार्टीले थापालाई मेयर उम्मेदवार बनाएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.