कीर्तिपुर नगरपालिकामा एमाले अगाडि
कीर्तिपुर : किर्तिपुर नगरलिकामा एमाले अगाडि देखिएको छ । कीर्तिपुर वडा नम्बर १ को मत गणना गर्दा एमालेले ४ सय ६०, कांग्रेसले ३ सय ५६ र माओवादी केन्द्रले १ सय ४५ मत ल्याएका छन् ।
हिजो राती १२ बजेदेखि मतगणना सुरु भएको हो । कीर्तिपुर नगरपालिकामा एमालेका तर्फबाट रमेश महर्जन, कांग्रेसबाट राजकुमार नकर्मी र नेकपा माओवादी केन्द्रबाट हिराबहादुर महर्जन मेयरका उम्मेदवार हुनुहुन्छ ।