सल्यानका तीन स्थानमा माओवादी अग्रता
सल्यान : सल्यानका ५ स्थानीय तहको मत गणना भइरहेको छ । अहिलेसम्म तीन स्थानमा माओवादीले अग्रता लिएको छ । त्यस्तै एक एक ठाउँमा काँग्रेस एमालेले अग्रता लिएका छन् ।
शारदा नगरपालिकामा काँग्रेसका मेयरका उम्मेदवार सुरेश अधिकारी ४१, उपमेयर सावित्रा ४३, एमालेका राम खड्की २३, सरिता हमाल २३, माओवादीका प्रमोद श्रेष्ठ १४ मतत लिनुभएको छ । त्यस्तै झरणा बुढाथोकी ११ र राप्रपाका मननेव प्रधान १० मत प्राप्त गर्नु भएको छ ।
दार्मा गाउँपालिकामा काँग्रेसका रामचन्द्र केसीले ९८ र एमालेका उपाध्यक्षमा ६३ मत ल्याउनु भएको छ । दार्मामा काँग्रेस एमाले समिकरण भएको छ । यस्तै माओवादीका निम बहादुर केसीले २०२ र टिका वलीले समान २०२ मत ल्याउनु भएको छ ।
त्रिवेणी गाउँपालिकामा काँग्रेसका मान बहादुर डाँगीले ३६, उपाध्यक्ष करुणा खड्का ४२, एमालेका लोकेन्द सिहं खड्का ५८, पवित्रा केसीले ५२, माओवादीकातर्फ अध्यक्ष अजय रोका ३३ उपाध्यक्ष लिलावति बुढा ३४ मत ल्याउनु भएको छ ।
कपुरकोट गाउँपालिकामा काँग्रेसका दुर्गा गिरी १६, उपाध्यक्षमा ओकी बोहरा १४, भिम ब सेन १८० उपाध्यक्ष तिला बुढा १७९, माओवादीका प्रकाश भरारी १८४ उपाध्यक्षमा एलिना राना १९४ मत आएको छ ।