टोखा नगरपालिकामा काँग्रेसकाे अग्रता

टोखा नगरपालिकामा काँग्रेसकाे अग्रता

काठमाडाैं: स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहनुभएको छ ।

आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा (एमाले)का प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो ।

 

यसैगरी नेकपा (माओवादी केन्द्र) की कल्पना शर्माले एक सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका अनुसार अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ ।

उप्रमुखमा काँग्रेसकी रजनी थापाले तीन सय ६०, एमालेका ज्ञानमाया डङ्गोलले चार सय ४० मत र माओवादी केन्द्रका दीपक बानियाँले एक सय २० मत प्राप्त गर्नुभएको छ । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ ।

उहाँका अनुसार अब छिट्टै वडा नं ३ को मतगणना गरिने छ। एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिनुभएको छ । यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा काँग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसक्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.