कीर्तिपुर १ मा एमाले प्यानल विजयी
काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा एमाले प्यानल विजयी भएको छ । अध्यक्ष पदमा एमालेका तर्फबाट हर्ष महर्जनले ७ सय ५५ मत ल्याएर विजयी हुनुभएको हो ।
अध्यक्ष पदमा कांग्रेस उम्मदेवारको ६ सय २३ र नेकपा माओवादीको उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् । महिला सदस्यमा सुनिता महर्जनले ८ सय ११ मत ल्याइ विजयी हुनुभएको छ । एमालेकै तर्फबाट सुमन पोख्रेल, धनबहादुर महर्जन विजयी हुनुभएको छ । उक्त क्षेत्र नेपाली कांग्रेसको विरासत क्षेत्र मानिन्थ्यो ।