सुत्केरी आमाको निधनपछि स्वास्थ्य सेवा अभियानमा छाेरी

सुत्केरी आमाको निधनपछि स्वास्थ्य सेवा अभियानमा छाेरी

काठमाडौँ : अझै पनि स्वास्थ्य सेवा नपुगेको गाउँ छ भन्दा सायदै पत्यार नलाग्न सक्छ। तिब्वतसँग सीमा जोडिएको ताप्लेजुङको घुन्साबासीले अझै पनि सिटामोल खान पाउदैनन्, उपचारको त कुरै नगरौ। सुत्केरी क्रममा उच्चरक्तश्रावले उपचार अभाव हुदाँ आमा चुङगी शेर्पाको मृत्यु भएपछि याङजोम आमाको व्यथा सम्झिदै भक्कानिनु हुन्छ। त्यसपछि उहाँ गाउँमा स्वास्थ्य सेवा विस्तारमा सक्रिय हुनु भएको छ। ‘भाइ जन्मिए पनि रत्तश्रावले तीन दिनपछि आमालाई गुमाउनु पर्‍यो, मृत्युको शिकार बन्नु भएकी मेरी आमा जस्तै सयौं महिला अझै पनि यस्तै बध्यता सहनु बाध्य छन्’, उहाँले भन्नुभयो।

ताप्लेजुङ सदरमुकामदेखि चार दिनको पैदलमा पुगिने यो गाउँ हत्तपत्त मानिसहरु पुग्न सक्दैनन्। केही बर्ष अघि उच्च व्यत्तित्वहरु हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि मात्रै होला सबैले यो घुन्सा गाउँको नाम सुनेको । लेलेप– ९ मा पर्ने घुन्सा गाउँमा ६१ परिवार भोटे, शेर्पाको बसोवास भए पनि अधिकांश निरक्षर छन्। स्वास्थ्य समस्याका कारण दर्जनौले अकालमै ज्यान गुमाइ सकेका छन्।

यो दुरदशालाई हटाउन सकिन्छ भन्ने उदेश्यले याङजोम शेर्पाले स्वास्थ्य संस्थाको स्थापनाका लागि सहयोग संकलन सुरु थाल्नु भएको छ। ६ लाख ५० हजार मैले मात्र संकलन गरी सके बाँकी सामुहिक रुपमा संकलन हुने क्रम जारी छ। सबैको सहयोग भएकाले मैले मेरो आमाको समस्या अरु महिलालाई भोग्न दिन्न भन्ने विश्वास लिएको छु उहाँले भन्नुभयो। दुर्गम र विकट गाउँ यो घुन्सामा सिटामोल समेत पनि पाउन गाह्रो छ। सामान्य सिटामोल देख्न समेत दुई दिन तल लेलेपमा आउनु पर्ने बाध्यता अझै छ। घुन्सामा स्वास्थ्य चौकी अभाव भए पछि तीन बर्ष यता देखि स्वास्थ्य चौकी स्थापनाको अभियानमा याङजोम शेर्पा जुटेकी छिनन्।

आमाको मृत्यु झलझली सम्झिएर उनी अरु आमादिदीबहिनीलाई यस्तो नहोस भन्दै स्वास्थ्य चौकी स्थापना गर्न हारगुहार गर्दै अभियान चलाएको बताउनुभयो। घुन्सा मात्र नभएर आम्जीलेसा, ग्याप्ला, फले गाउँबासी सिटामोल लिन दुई दिन तल लेलेप आउने गरेका छन्। त्यो पनि एक दर्जन गाउँलाई एउटा मात्रै स्वास्थ्य चौकीले धान्दै आएको याङजोमले बताउनुभयो।

सुत्केरी हुनकै लागि घुन्साबासी पाँच लाख बढी खर्चनु पर्ने बाध्यता रहेको घुन्सा आधारभूत विद्यालय मात्र प्रधानध्यापक एलसिं गुरुङले बताउनुभयो। पेटमा बच्चा हुदाँ स्वास्थ्य समस्या भई छेकी शेर्पाको मृत्यु भयो। स्वास्थ्य संस्था अभावले विषेश गरी महिलामा बढी समस्या हुने गरेपछि याङजोमको पहलमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ। घुन्सा आधारभुत विद्यालयको एक कोठामा एक अनमी र एक हेल्थ असिस्टेन्ट अस्थायी रुपमा काम सुरु गरे पनि औषधि नपुगे पछि प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको विद्यालयका शिक्षकको भनाइ छ। जनस्वास्थ्य कार्यालयले वेवास्ता गर्दा निरन्तर खोपदेखि अत्यावस्यक निशुल्क औषधि समेत पाउन सकिएको छैन स्थानीय एक शिक्षकले भने। दुर्गममा सरकारले ११ हजार ५ सय रुपैयाँ तलव उपलब्ध दिए पछि उनीहरु काम गर्न इच्छुक नहुने गरेको भनाइछ।


यता जनस्वास्थ्य कार्यालयले याङजोमले सुरु गरेको अभियानमा राज्यको सहयोग नगरेको भन्दै उनी हिजोआज स्वास्थ्य चौकी स्थापना र भवन निर्माणका लागि देशविदेशका आफन्तसँग सहयोग संकलनमा जुट्नु भएको छ। अस्थायी कर्मचारीका लागि कन्चनजंगा बुद्धिष्ट सामाजिक सेवा (एचडिएफए) संस्थाले मासिक पाँच हजार रुपैयाँ सहयोग गर्दे आएको याङजोमले बताउनुभयो। यता स्वास्थ्य इकाइ स्थापनाका लागि समेत सामाग्री एचडिएफएले उपलब्ध गराएको छ। जिल्ला स्वास्थ्य कार्यालयको उपस्थिती शुन्य भएको याङजोमले दुखेसो पोखे। कर्मचारी समस्या हुने, सेवासुविधा नहुनाले दुर्गममा कर्मचारी नबस्ने, निशुल्क ४० प्रकारको औषधि नपुग्नुनै मुख्य समस्या भएको छ। दुर्गम अशिक्षित भएकाले राज्यका निकायसम्म पुग्न सकेका छैनन। घुन्साबासीले स्वास्थ्य चौकी स्थापना गरिदिन सरकार माग गरेका छन्। ठुलो गाविस भएकाले एक गाउँबाट अर्को गाउँ पुग्न दुई दिनसम्म लाग्ने भएकाले विषेश व्यवस्था गर्नु पर्ने याङजोमले माग गर्नुभयो। स्वास्थ्य संस्थाको भवन निर्माणका लागि अभियान चलाएको छु अन्य थप सहयोग सरकारले गरिदिन शेर्पाले माग गर्नुभयो।

घुन्सामाथि मानवीय बस्ती छैन। खाम्वाचेन र रोनाकमा अस्थायी रुपमा मानिस बस्ने गर्छन्। घुन्सामा सरकारको उपस्थिती प्रहरी चौकी, र विद्यालय मात्र हो। कन्चनजंगा हिमालको आधारशिविर जाने अन्तिम बस्ती भए पनि यस क्षेत्रको विकासमा कसैले चासो नदिदाँ अझै पनि अनकन्टार नै छ। खानकै लागि निकै धौधौ पर्छ यहाँ। आलु, गहुँ, जौ, फापर मुख्य उत्पादन हो यसले तीन महिना मात्र खान पुग्ने गर्छ। वालुङ, ओलाङचुगोला हुँदै तीन दिन हिडेर तिव्वत बाट सामाग्री निर्यात गर्नु र सदरमुकामबाट सामाग्री खरिद गरी जीविका चलाउनुनै विकल्प हो।

स्वास्थ्य सस्था विहिन लेलेप-९ मा पर्ने घुन्सा गाउँ। तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.