नुवाकोटको तादी गाउँपालिकामा कांग्रेस विजयी
नुवाकोट: नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नुवाकोटको तादी गापामा वुधवार दिउँसो सम्पन्न मत परिणामअनुसार नेपाली कांग्रेसका नारायणप्रसाद पाण्डे ३ हजार ९० मतका साथ तादी गाउँपालिकाको प्रमुखमा विजयी हुनु भएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद लामिछानेले २ हजार ७ सय ३७ मत ल्याउनु भएको छ। तादी गाउँपालिकाको उपप्रमुखमा पनि नेपाली कांग्रेसकै इश्वरी उप्रेती ३ हजार १ सय ५५ मतका साथ विजयी हुनु भएको छ। उप्रेतीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय ७६ मत ल्याउनु भएको छ।
तादी गापाको वडा नं. १ को वडाअध्यक्षमा कांग्रेसकै नकुरदोङ तामाङ, वडा नं. २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नंं. ३ को वडा अध्यक्षमा नेकपा एमालेका मनोज उप्रेती, वडा नं. ४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका मुक्तबहादुर श्रेष्ठ, वडा नं. ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु अधिकारी र वडा नं. ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका केशव थापा विजयी हुनु भएको तादी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। तादी गाउँपालिका ९ हजार २ सय ४८ मत खसेको थियो ।