धर्मका नाममा आतंक बन्द गरौं : ट्रम्प

धर्मका नाममा आतंक बन्द गरौं : ट्रम्प

रियाद : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबको रियादमा आइतबार धर्मको नाममा आतंकवाद बन्द गर्न आह्वान गरेका छन् । ४० भन्दा बढी इस्लाम धर्मावलम्बी मुलुकका नेताहरूलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो आह्वान गरेका हुन् ।

राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणका रूपमा साउदी अरब आइपुगेका ट्रम्पले मुस्लिमहरूको पवित्र धार्मिकस्थलमा आतंकवाद नष्ट गर्न आह्वान गरे । उनले आफ्नो पवित्र राज्यमा आतंकवादलाई प्र श्रय नदिन पनि आग्रह गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘आतंकवादबाट विश्वका देश पीडित छन् । केही देशले त आतंकवादलाई प्र श्रय पनि दिएका छन् ।

यसबाट मध्यपूर्वदेखि भारत र रूस जस्ता देश पनि प्रभावित हुन थालेका छन् । धर्मका नाममा हुने आतंकवादको खेल अब बन्द गर्नैपर्छ ।' यस सम्मेलनमा विश्वका मुस्लिम बहुल अधिकांश देश सहभागी छन् । अमेरिकाको लक्ष्य शान्ति, सुरक्षा र समृद्धि भएको र मित्रता एवं प्रेमको सन्देश लिएर आफू साउदी आएको उनले बताए । उनले कसैलाई केही गर्न बाध्य पार्न आएको नभई समझदारी र भ्रातृत्व सम्बन्ध विकास गर्न आएको उनले दाबी गरे ।' उनले भने, ‘शक्तिशाली इस्लामिक मुलुकहरू इस्लामिक अतिवादसँग लड्न अगाडि आउनुपर्छ ।'

अमेरिकाले संसारमा शान्ति र सुरक्षा चाहेका बताए । मुस्लिम युवा कुनै भयविना समृद्धिका लागि बढ्न सकून् भन्ने आफ्नो चाहना भएको उनले बताए । भाषणका क्रममा आफू साउदीको आतिथ्यबाट निकै प्रभावित भएको पनि बताए । उनले दुवै देशबीच सम्पन्न सम्झौताबाट रोजगार सिर्जना र आतंकवादसँग लड्न सफलता मिल्ने बताए ।

मध्यपूर्व सांस्कृतक रूपले निकै समृद्ध रहेको र प्राकृतिक संसाधनले भरपूर रहेको पनि दोहोर्‍याए । आतंकवादकै कारण यस्ता चिजबाट फाइदा लिन नसकेको ट्रम्पको भनाइ थियो । आतंकवादलाई आर्थिक सहयोग तत्काल बन्द गर्न पनि उनले सम्मेलनमा माग गरे । यस क्षेत्रमा आतंकवादसँग लड्न अमेरिकाले सहयोग अपेक्षा गरेको उनले स्पष्ट पारे । उनले इरानको


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.