जनता हराइदिने जनमत

जनता हराइदिने जनमत

२०४६ सालमा बहुदलीय व्यवस्थाको घोषणासँगै नेपाली जनताले राजनीतिक व्यवस्था परिवर्तनको लागि ३० वर्षसम्म बगाएको रगत र पसिनाले नयाँ 'रङ' र 'उत्साह' बोकेर ल्यायो । तर त्यो रङ २०५२ सालमा 'तारपिन' को तेलसँग घोलिएर गाउँघरका पाटी पौवा र हरेक भित्ताभित्तामा र पहाडका पत्थरहरूमा नयाँ व्यवस्था (जनवादी क्रान्ति) को लागि पोतिन प्रयोग भयो ।

जनतामा आएको त्यो उत्साह 'विद्रोहमा' परिणत हुन समय लागेन । फेरि अर्को व्यवस्थाको लागि लड्ने बेला आइसकेको थियो । अर्थात् 'इम्याचुअर्ड मल्टिपार्टी' टु' म्याचुअर्ड सोसलिज्म ।' विधिसम्मत हेर्ने हो भने यो सम्भव थिएन । अर्थात् यो अपरिपक्व आमाबाट परिपक्व सन्तानको आशा गर्नुजत्तिकै थियो ।

पञ्चायतकालमा राज्यको अर्थनीति सन्तुलित 'द्वैध' चरित्रको थियो, अर्थात् राज्यको हातमा देशको करिब ५० प्रतिशतभन्दा केही बढी स्रोत र साधन थिए । बहुदल प्राप्तिसँगै नेपाली कांग्रेसको नेतृत्वमा भएको उदारवादी पुँजीवादको प्रत्यारोपणले राज्यको नियन्त्रणमा रहेका स्रोत र साधनलाई निजीकरण गर्ने बाटो अपनायो । महत्वपूर्ण साझेदार या प्रभावकारी प्रतिपक्ष भए पनि एमालेले कांग्रेसको यो कदमलाई रोक्न या सच्याउन कुनै पहल गरेन । फलस्वरूप धेरै उद्योग तथा कलकारखाना कौडीको भाउमा बेचिए ।

तर धेरैलाई यो कुरा सुन्दा अचम्म लाग्छ, बहुदलपछि २०४७ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले पाँच वर्षभित्रमा पूर्वपश्चिम रेलमार्ग बनाएर रेल कुदाउने कुरालाई घोषणापत्रमा मुख्य स्थान दिएको थियो । कार्यकर्ताले घोषणापत्रको यही वाक्यांशलाई 'हाइलाइट' गरेर जनतामा गए, भोट पाए ।कांग्रेसको बहुमतको सरकार बन्यो । त्यसपछि घोषणापत्रमा हाइलाइट गरिएको वाक्यांश सधैंको लागि 'डिम' बनेर बस्यो । पूर्व-पश्चिम रेलमार्ग त बनेन बनेन, नेपालको इज्जत धानेको जनकपुर-जयनगरको ५२ किलोमिटर रेलमार्गलाई पनि व्यवस्थापन गर्न सकिएन ।

समयले धेरै कोल्टे फेरेको छ । करिब २७ वर्षपछि पनि लगभग उस्तै-उस्तै नाराहरू बाँडिएको छ । हुन त यो स्थानीय निकायको चुनाव हो र यसले गाउँ तहसम्म दलीय प्रतिनिधिमार्फत शासन गर्ने मुख्य उद्देश्य बोकेको छ । अहिलेको स्थानीय तहमा दलयि उम्मेदवारहरूले जित्ने भए पनि जनसंख्याको बनोट र वितरण हेर्दा उन्हिरू एकपक्षीय काम गर्न सक्दैनन् ।

कतिपय ठाउँमा त जनताले दल नहेरी व्यक्ति हेरेर भोट दिएकाले कुनै दलीय पदाधिकारी पनि समग्र जनताको पदाधिकारी हुन्छ र पक्ष र प्रतिपक्षको भूमिका खेल्न पाउँदैन । तर अचम्मको कुरा के छ भने अहिले पनि रेलमार्गकै कुरा देखाएर भोट मागिएको छ । राष्ट्रियस्तरको आयोजनालाई स्थानीय स्तरमा देखाएर भोट माग्नुको सधिा अर्थ जनतालाई हराएर आफूले जित्नेबाहेक के हुन सक्छ ? करिब २० वर्षपछि हुने भनिएको स्थानीय निकायको निर्वाचन भने पनि संरचनागत हिसाबले यो बिल्कुलै नौलो निर्वाचन हो । लामो राजनीतिक संक्रमणबाट गुज्रिएको नेपालको स्थायी भविष्य कोर्ने आधार स्थानीय सरकार हो।

यसको निर्माणको लागि जनमत प्राप्त गरेर आउने पदाधिकारीहरू सक्षम हुनुपर्ने बाध्यता त छँदैछ, त्योभन्दा धेरै जनताको आधारभूत आवश्यकतालाई सहज ढंगबाट परिपूर्ति गरिदिने केन्द्रीय सत्ता र स्थानीय जनताको मध्यस्थकर्ताको रूपमा भूमिका खेल्न सक्ने हुनुपर्छ ।

हाम्रो मुलुकमा पचासौं चुनाव भए, तर कुनै पनि चुनावले भ्रष्टाचार रोक्न सकेन । दलाली र सिन्डिकेट रोक्न सकेको छैन । यसर्थ जनताले हारेर भ्रष्टाचारीले जित्ने चुनाव चाहिएको छैन ।

भूकम्पपीडितहरूलाई अझै पनि पूर्ण राहत नमिलिसकेको र राज्यको पुनर्निर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको अवस्थामा स्थानीय निकायमा चुनिन चाहने प्रतिनिधिहरूले यो कुरालाई प्राथमिकता दिनुपथ्र्यो । दाताहरूले बालुवामा पानीसरह खन्याएको रकमलाई आफ्नो निकायबाट एक द्वार नीति लागू गरेर त्यसबाट आउन सक्ने सामाजिक सद्भावको क्षयीकरण कम गर्न सक्छु भन्ने हिम्मत हुनुपथ्र्यो । स्थानीय निकायहरूमा पर्यटकीय सम्भावना खोजखन्तर गरेर, त्यसमा लगानी गर्न सहजीकरण गर्छु र गाउँपालिका र नगरपालिकालाई त्यहींको कृषिजन्य उत्पादन प्रयोग गरेर खाद्य सुरक्षाको प्रबन्ध गर्छु भन्न सक्नुपथ्र्यो ।

ससाना जातीय समुदायहरू मिलेर बनेका धेरैजसो स्थानीय निकायहरूमा जातीय र धार्मिक सद्भाव कायम राख्न सक्ने या राख्न प्रयास गर्ने व्यक्तिहरूको उम्मेदवारी महत्वपूर्ण हुन्छ । सामुदायिक सामन्जस्य कायम राख्दै, विकासमा सबैलाई बराबरी सहभागी गराउने र त्यसबाट सृजित रोजगारलाई समानुपातिक ढंगबाट वितरण गराउन सक्ने खालको प्रतिबद्धता चाहिन्थ्यो स्थानीय निकायहरूमा ।

विशेष गरेर सरकारी सेवासुविधाको पहुँचलाई 'डिजिटलाइज' गर्ने सन्दर्भमा उम्मेदवारहरूको आईटी स्किल पनि महत्वपूर्ण हुन सक्छ । तर हामीले यी सबै कुरामा धेरै ढिलाइ भइसकेपछि मात्र ध्यान दिन्छौं । खासमा हामीले स्थानीय निकायको सार्वभौमिकताको अध्ययन नगरी, त्यसमा फिट खाने-नखाने उम्मेदवारको अध्ययन नगरी पार्टीगत उत्प्रेरणाका आधारमा या साम्प्रदायिक समानताको आधारमा पहिलो चरणमा भोट हाल्यौं ।
स्थानीय सरकार कुनै दलविशेषको सरकार होइन । बहुमतले चलाउने र अल्पमत प्रतिपक्षमा बस्ने कुनै प्रक्रिया हुँदैन । तर यसमा पार्टीगत प्रचार धेरै भएको पाइएको छ । हालसम्म पुरै नतिजा आउन नसकेको मतगणनाको क्रमलाई लिएर पार्टीगत भ्रम फैलाइएका छन् । नेपाली संस्कारको रूपमा लिइने यस्ता कतिपय कुत्सित भ्रमहरूको सिकार बनिरहेका छन्, स्वच्छ र सबल उम्मेदवारहरू ।

ishwor-aryalभ्रष्टाचार न्यूनीकरण गराउने प्रतिबद्धता अहिलेसम्म कहीं, कसैको देखिएको छैन । देखिएको भए पनि त्यसका विश्वसनीय आधारहरूको लेखाजोखा गरिँदैन । बर्सेनि कमसेकम तीन करोडको केन्द्रीय बजेट बाँडफाँट गर्न पाउने र त्यहाँबाट पत्ता लगाइएका स्थानीय स्तरका आयस्रोतलाई बजेट बनाएर प्रस्तुत गर्न पाउने सुविधा बोकेका निकायहरूमा चुनाव प्रचारको भड्किलो शैली देखेरै भ्रष्टाचार हुनेमा विश्वस्त हुन सकिन्छ । न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज अबको कयौं वर्षसम्म हाम्रो सपना नै रहने निश्चित छ ।

आजसम्म देशमा पचासौं चुनाव भए, तर कुनै पनि चुनावले भ्रष्टाचार रोक्न सकेन । कुनै पनि चुनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनकै बाहिरिने सयौं युवामध्ये दुईचारजनालाई पनि रोक्न सकेको छैन । दलाली र सिन्डिकेट रोक्न सकेको छैन । जनताले हारेर भ्रष्टाचारीहरूले जित्ने चुनाव चाहिएको छैन । सम्भवतः अब छिटै हुने भनिएको दोस्रो चरणको निर्वाचनमा आशा गरौं- जनताले न्यूनतम मापदण्ड अपनाएर उम्मेदवारहरूलाई मत दिनेछन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.