साझा पार्टीका उम्मेदवारले दिए ललितपुर महानगरका मतदातालाई धन्यवाद

साझा पार्टीका उम्मेदवारले दिए ललितपुर महानगरका मतदातालाई धन्यवाद

ललितपुर :  साझा पार्टीको समर्थनमा ललितपुर महानगरमा उम्मेदवार बनेका मेश महर्जन र शोभा शाक्यले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।मेयर पदका उम्मेदवार रमेश महर्जन र उपमेयर उम्मेदवार शोभा शाक्यले विज्ञप्ति निकाली आफूहरुलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिनुभएको हो ।

विज्ञप्तिमा पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत भएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ ‘जसरी हामीलाई मतदाताले पत्याएका छन् त्यो हाम्रो लागि ठुलो उपलब्धि हो। यसबाट हाम्रै जीवनकालमा नेपाल बनाउने हाम्रो अठोट अझ दृढ भएको छ।’

साथै उनीहरुले ललितपुर महानगरमा निर्वाचित हुने नेपाली काँग्रेसका चिरीबाबु महर्जन तथा गीता सत्याललाई बधाई तथा शुभकामना दिएका छन् । विज्ञप्तिमा भनिएको छ–‘तपाईहरूको नेतृत्वमा ललितपुरबासीको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.