फेरि हचुवा ताल

 फेरि हचुवा ताल

स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि त्यसको नतिजाबारे आआफ्नो हिसाबले विश्लेषण भएका छन् । राजनीतिक दलहरूका लागि त्यो अस्वाभाविक विषय होइन । तर यता आएर सत्ता गठबन्धनसँगै अधिकांश दल दोस्रो चरणको निर्वाचनमा बहिष्कारवादी राष्ट्रिय जनता पार्टीलगायतका मधेसकेन्द्रित शक्तिलाई कसरी सहभागी बनाउने भन्नेमा केन्द्रित देखिन्छन् । राजनीति र निर्वाचन तथा महत्र्वपूर्ण निर्णय प्रक्रियामा कुनै पनि पक्ष या शक्तिलाई निषेध गर्दा त्यसले प्रजातन्त्रको मौलिक मान्यता र चरित्रमा आँच पुर्‍याउँछ र नेपालको २०६३ यताको राजनीतिमा त्यो खोटले संस्थागत स्वरूप लिँदै आएको छ ।

विद्यमान राजनीति, संविधान र सहभागिताका सिद्धान्त तथा व्यवहारप्रति फरक मत राख्दै विरोधसँगै आफ्ना मागहरूको सुनवाइको अपेक्षा राख्ने हक सबै राजनीतिक दल र शक्तिहरूसँग सुरक्षित छ, हुन्छ र हुनुपर्छ । राज्यले समानता र समान अवसरसँगै विशेष अवसरका सिद्धान्तअनुरूप त्यस्ता शक्तिहरूको मागको वस्तुनिष्ठ विश्लेषणपछि उचित निर्णय लिने अपेक्षा गरिन्छ र प्रक्रियागत ढंगबाट त्यस्ता माग या गुनासोहरूलाई सम्बोधन गरिन्छ।

दोस्रो चरणको निर्वाचनमा तीन साता बाँकी रहँदा सत्ता गठबन्धनले मधेसका १२ जिल्लामा २२ स्थानीय निकायहरू थप्ने, २४ गाउँपालिकालाई नगरपालिकामा रूपोन्नत गर्ने र विराटनगर तथा वीरगन्जलाई महानगरपालिकाको हैसियत प्रदान गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको कार्यदलको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई राष्ट्रिय जनता पार्टी (राजपा) समर्थन गर्दै दोस्रो चरणको निर्वाचनमा सहभागी होला ? यो एउटा पक्ष हो । तर सरकारको यो निर्णयको शैली, प्रक्रियाविहीनता र नियतले आगामी दिनहरूमा खतरनाक पूर्वदृष्टान्त जन्माउनेछ ।

पहिलो प्रश्नसँग जोडिएको अर्को पक्ष पनि छ । के सरकार या कार्यदलले राजपासँग अनुमोदन लिएको छ, यी निर्णयका पक्षमा ? नत्र पहिलाजस्तै निर्णय लिँदै त्यसलाई अस्वीकार गर्ने एकलौटी अधिकार हिजोको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा र आजको राजपालाई किन दिइँदैछ ? संविधान जारी गरिएलगत्तै मोर्चाका माग सम्बोधन गर्ने बहानामा पहिलो संविधान संशोधन गरिएको हैन र अनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको निर्णयलाई स्विकार गरेन भने त्यसको परिणति के होला ? हचुवा शैलीमा आधा दर्जन नेताहरूको निर्णय मुलुकमाथि लाद्ने परम्पराले खासगरी ०६३ यता निरन्तरता पाउँदै आएको छ र त्यो बन्द हुनुपर्छ ।
निर्वाचन आयोगमा सत्ताकै दलहरूको नियन्त्रण भएकाले मन्त्रिपरिषद्को यो हचुवा निर्णयलाई उसले स्विकार्नेछ भन्ने मान्यता छ, तर निर्वाचन आयोगमा स्वविवेक र सीमित स्वायत्तता पनि रहेन भने उसको संवैधानिक हैसियतका कारण प्राप्त विश्वसनीयता र अपेक्षित निष्पक्षता दुवै गुम्नेछ ।

बालानन्द पौडेलको स्थानीय निकाय पुनर्संरचनासम्बन्धी आयोगको प्रतिवेदनमाथि संसद् र विभिन्न दलहरूमा कुनै छलफल भएन । मन्त्रिपरिषद्ले त्यसलाई केही परिवर्तनका साथ स्विकार्‍यो र त्यसैका आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न गरियो । तर यता आएर आयोगले सुझाएको या निर्धारण गरेका मापदण्डविपरीत वीरगन्ज र विराटनगरलाई महानगरपालिकाको दर्जा प्रदान गरियो । पौडेलले यो परिवर्तनको विरोध गरेका छन् । अर्को निर्वाचनको बीचमा र निर्वाचन आयोगलाई विश्वासमा नलिई यति महत्र्वपूर्ण परिवर्तन गर्नु, त्यो पनि व्यापक सहमतिबिना राजनीतिमा स्वेच्छाचरिताको पराकाष्ठा मानिनेछ । यी कुसंस्कारले नेपाली राजनीतिमा जवाफदेहीविहीन जमिनदारी प्रवृत्तिलाई संस्थागत गर्न मद्दत पुर्‍याउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.