जेठ ३१ को निर्वाचन सार्ने कुरा कल्पना पनि गर्न सक्दिनँ : प्रचण्ड

जेठ ३१ को निर्वाचन सार्ने कुरा कल्पना पनि गर्न सक्दिनँ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ३१ का लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्ने कुरा कल्पना बाहिरको भएको बताउनु भएको छ। बुधबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो।

उहाँले केही सञ्चार माध्यमले आफूले जेठ ३१ को निर्वाचन सार्न खोजेको भन्दै सुनियोजित र गलत ढंगले समाचार प्रकाशन र प्रशारण गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो बताउनु भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले जेठ ३१ गते हर हालतमा दोस्रो चरणको निर्वाचन सफल पार्ने गरी तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ।

‘हरहालतमा जेठ ३१ गते नै दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुनेमा कसैले भ्रम पाल्नु जरुरी छैन’, भेटपछि प्रेस सल्लाहकार आचार्यले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, गलत मनसायद्वारा प्रकाशित समाचारको भ्रममा नपरी दोस्रो चरणको निर्वाचनमा जुट्न सम्पूर्ण राजनीतिक दल र जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.