जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त डा यादव

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त डा यादव

काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उहाँले भन्नुभयो- 'कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छौं ।

स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो- 'आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।”

मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उहाँले ४६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताउनुभयो।

प्रमुख आयुक्त डा यादवले भन्नुभयो- 'अघिल्लो निर्वाचनबाट पाठ सिक्दै दुःखद् घटना नदोहोरिउन र पहिलो चरणको भन्दा अबको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको छ ।

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उहाँले राज्यले निर्वाचनको लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन दिनुभयो ।

पहिलो चरणको निर्वाचन अपेक्षा गरेकोभन्दा निकै शान्तिपूर्ण र व्यवस्थित रुपमा भएको दाबी गर्दै उहाँले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रसङ्ग गर्नुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको थियो । सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.