म्यान्मारमा दोस्रो चरणको शान्तिवार्ता सुरु

म्यान्मारमा दोस्रो चरणको शान्तिवार्ता सुरु

नेपिदव :  म्यान्मारमा लामो समयदेखि चल्दै आएको द्वन्द्व अन्त्य गर्न विद्रोही र सरकारबीच बिहीबार वार्ता भइरहेको छ । राजधानी नेपिदवमा बुधबार सुरु भएको बैठकमा विभिन्न ६ वटा कार्यपत्रमा छलफल भइरहेको छ । म्यान्मारमा युद्धरत विभिन्न जातीय संगठनको बैठकमा प्रतिनिधित्व रहेको छ । सम्मेलनमा १ हजार ४ सय प्रतिनिधिको सहभागिता रहेको छ । बैठकमा सरकार, म्यान्मारको सेना, निजी क्षेत्रका प्रतिनिधि, संघीय अधिकारी, जातीय विद्रोहीका प्रतिनिधि, राजनीतिक दललगायत सहभागी छन् ।

विगत लामो समयसम्म उक्त बैठक बसेको थिएन । विगतमा शान्ति प्रक्रियाको निरन्तरता र पूर्णताका लागि जातीय विद्रोहीले अघि सारेका मागका विषयमा छलफल भइरहेको अधिकारीले जानकारी दिएका छन् । त्यहाँ गत वर्षदेखि सुरु भए भए पनि शान्ति प्रक्रियाले सोचेबमोजिम गति लिन सकेको छैन । गत वर्षको अगस्तबाट त्यहाँ शान्ति प्रक्रियाको सुरुवात भएको हो ।

म्यान्मारकी राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ सान सुकीले विद्रोही पक्षसँग गरेको पछिल्लो वार्ता गत अगस्त महिनामा भएको थियो । उनीहरूसँगको अर्काे वार्ता यही मे महिनामा गर्ने सहमति भएको थियो । सम्मेलनका क्रममा राजनीति, अर्थतन्त्र, सामाजिक, वातावरणीय र अन्य विषयवस्तुसमेत गरी विभिन्न चरणमा छलफल हुने भएको हो । यस सम्मेलनमा ४१ जनाले तयार पारेका कार्यपत्रमा छलफल हुने बताइएको छ । संघीय वार्ता टोलीका तर्फबाट आयोजना गरिएको उक्त सम्मेलनमा जातीय विद्रोहीलाई पनि उनीहरूले समाजको व्यवस्थापनका लागि बनाएका योजना र कार्यक्रमबारे प्रस्तुति गर्न भनिएको छ ।

सुकीको नेतृत्वमा रहेको संघीय शान्ति वार्ता संयुक्त समितिले त्यहाँ जातीय विद्रोहीले राखेका कतिपय मागमा यसअघि नै सहमति जनाइसकेको छ । जातीय समूहले राख्दै आएका मागमा स्थानीय स्वायत्तता र राज्य सरकारको मागमा वार्ता संयुक्त समिति लचिलो भएको छ । शान्ति स्थापना गर्ने नाममा म्यान्मार सरकारले जातीय विद्रोहीका असम्भव माग पूरा गर्न खोजेको भन्दै आलोचना पनि हुन थालेका छन् । म्यान्मारको लामो समयसम्म सञ्चालनमा रहेको सैनिक नेतृत्वको सरकारले जातीय विद्रोहीका माग राष्ट्रहित विपरीत भएको भन्दै ती पूरा गर्न नसकिने बताएको थियो । सैनिक सरकारको यस्तो भनाइसँगै ती क्षेत्रमा हिंसा पनि भएको थियो ।

स्थानीय रूपमा विभिन्न जातीय बाहुल्य स्थानमा म्यान्मार वर्षौँदेखि हिंसात्मक विद्रोह भइरहेको छ । ती विभिन्न जातिले आ आफ्नो राज्य र शासनमा स्वायत्तताको माग गर्दै आएका छन् । वर्तमान राज्य सल्लाहकार एवं विदेशमन्त्री सुकीले ती मागहरूलाई पूरै रूपमा सम्बोधन गर्न नसके पनि केही मात्रामा ती जातिलाई शासनमा अधिकार दिने र अलग्गै राज्यको घोषणा पनि गरिदिने विषयमा सहमति जनाएकी छन् । जातीय विद्रोहीहरूले पनि यसलाई एक सफलताको उदाहरणका रूपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । यद्यपि अहिले नै पूर्णरूपमा खुसी भइहाल्ने अवस्था भने नभएको जातीय नेताको प्रतिक्रिया छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.