ब्राजिलमा विशाल प्रदर्शनपछि सेना परिचालन

ब्राजिलमा विशाल प्रदर्शनपछि सेना परिचालन

ब्रासिलिया :  ब्राजिलमा दशौं हजारको जुलुसले सरकारबिरुद्ध विशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरू र प्रहरीबीच कडा भिडन्त भएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले आगो सल्काएपछि केही प्रमुख मन्त्रालयबाट गत बुधबार अपराह्नदेखि सबै कर्मचारी तथा सेवाग्राहीलाई तत्काल हटाई बन्द गरिएको छ ।

तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानुनको कडा परिपालन तथा सुव्यवस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन् । प्रदर्शनकारीहरूको प्रमुख माग राष्ट्रपति टेमरको राजीनामा वा बर्खास्तगी रहेको छ । राजधानी ब्रासिलियामा दशौं हजारको जुलुसले नाराबाजी गर्दै संसद् भवन घेराउ गरेका छन् ।

राष्ट्रपति टेमरले केही समयपूर्व लागू गरेको आर्थिक सुधारका कार्यक्रमको विरोध गर्दै जनप्रदर्शन भएका छन् । राष्ट्रपति नै भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाउँदै उनीहरूले राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले राजधानीका कतिपय सडकहरूमा टायर बालेर, घुम्ती (मोबाइल) शौचालयका छाप्राहरू तेस्र्याएर दंगा नियन्त्रण गर्न खटिएका प्रहरीहरूको मार्ग अवरुद्ध पारेका छन् । आक्रोशित प्रदर्शनकारीले कृषि मन्त्रालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न अर्ध–सैनिक प्रहरीले हावामा बन्दुक पड्काएका र ठाउँ ठाउँमा अ श्रु ग्याँस हानेका दृश्य सञ्चारमाध्यमहरूले प्रसारण गरेका छन् ।

एक ठाउँमा गोली लागेर एकजना प्रदर्शनकारी घाइते भई ढलेको देखिएका छन् । त्यो गोली कसले हानेको हो भन्ने पुष्टि हुन सकेको छैन । सैनिक वा प्रहरीलाई गोली हान्ने आदेश नदिएकोमा यस्तो घटना हुन गएको सरकारी जनसुरक्षा सचिवालयले बताएको छ । गोली प्रहारक विषयमा अनुसन्धान उसले जनाएको छ । उग्र प्रदर्शनबाट उत्पन्न यस जोखिमपूर्ण अवस्थामा राष्ट्रपतिको कार्यालय र निवास परराष्ट्र मन्त्रालयलगायत सरकारी संघीय भवनहरूका सुरक्षाका लागि सेनाले पहरा दिएको छ । यद्यपि आन्दोलनकारीमाथि गोली हान्ने आदेश नदिएको नदिइको रक्षामन्त्री राउल जङम्यानले बताएका छन् ।

ब्राजिलको अर्को ठूलो महानगर रियो दे जेनेरियोमा पनि राष्ट्रपति टेमर र उनले लागू गरेको अर्थिक सुधार वा मितव्ययिताको कार्यक्रमको विरोधमा व्यापक जनप्रदर्शन र प्रहरीसँग झडप भएको जनाइएको छ । ब्राजिलको संसद् पनि राष्ट्रपतिको समर्थन र विरोधमा विभाजित भएको छ । बहुसंख्यक विपक्षी सांसदहरूले राष्ट्रपति टेमरको तत्काल राजीनामा माग गर्दै संसदीय कारबाही ठप्प पारेका छन् ।

वर्तमान राष्ट्रपति टेमर निर्वाचनमा विजयी भएर सत्तासीन भएका होइनन् । यसपूर्वकी राष्ट्रपति दिल्मा रुसेफमाथि भ्रष्टाचारको महाभियोग लागेपछि काम चलाउ रूपमा नियुक्त गरिएको हो । उनले राष्ट्रपतिको पदभार ग्रहण गरेको केही समयभित्रै प्रत्यक्ष वा परोक्ष रूपमा ठूला ठूला आर्थिक भ्रष्टाचारका काण्डमा मुछिएका छन् । मुलुकमा आर्थिक सुधार र वृद्धि गर्ने बहानामा भ्रष्टाचारका यस्ता काण्ड ढाकछोप गरी ओझेलमा पार्न र आफू ब्राजिलको सत्तामा टिकिरहने प्रयास गरेको विपक्षीहरूको आरोप छ ।

विपक्षीले अझै ठूलो संख्यामा विशाल जनप्रदर्शन हुने, कम्तीमा पैंतीस हजार जनताको जुलुसले घेराउ र नाराबाजी गरी संसद् भवन, राष्ट्रपतिको कार्यालय लगायत सबै मन्त्रालय नियन्त्रणमा लिने चेतावनी दिएका छन् । सडकबाटै राष्ट्रपति टेमरलाई राजीनामा दिन बाध्य पार्ने योजना रहेको विपक्षीहरूले स्पष्ट पारेका छन् ।

राष्ट्रपति टेमरले राजीनामा दिएमा ब्राजिलको संविधानअनुसार संसद्ले मध्यावधि निर्वाचन गरी अर्को राष्ट्रपति चयन गर्नुपर्नेछ । नवनिर्वाचित राष्ट्रपतिको पदावधिसन् २०१८ सम्म मात्र हुनेछ र सन् २०१९ मै पुनः अर्को राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने छ । आपसी रानजीतिक द्वन्द्वमा उत्रिएपछि यहाँको संसद् राष्ट्रपतिको निर्वाचनका लागि मात्र अल्मलिई रहनुपर्ने भएको छ । यसबाट खक्षिण अमेरिकाको उदीयमान अर्थतन्त्र भएको ब्राजिल आर्थिक संकटमा फस्ने अवस्था देखिएको छ । —रासस /एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.