शान्तिका लागि सडक नाटक 

शान्तिका लागि सडक नाटक 

चौतारा :  सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका कुभिन्डेका माधव नेपालकी आमा तुलसीमायाले आँखामा आँसु थाम्न सकिनन् । सडकमा कलाकारले बेपत्ता भएका आफन्तको खोजीका लागि छानबिन आयोगको भर गरेको दृश्य हेर्दै गर्दा उनका आँखा रसाएका हुन् । स्थानीय शान्ति समिति सिन्धुपाल्चोकको आयोजनामा आवाज आर्ट क्रियसनले प्रस्तुत गरेको सडक नाटकका दृश्य हेर्दै गर्दा उनले त्यसमा आफ्नो कथा भेटिन् । कलेज पढ्न राजधानी गएको छोरा वर्षौंदेखि बेपत्ता भएको पीडा उनीसँग अझै ताजा छ । शान्तिप्रक्रिया सुरु भएसँगै छोराको खोजीमा कयौं पटक राजधानी र सदरमुकाम चौतारामा धाएकी तुलसीमाया अब बेपत्ता छानबिन आयोगको प्रतिवेदनको पर्खाइमा छन् ।

बिहीबार चौतारामा प्रदर्शित नाटकले पनि उनकैजस्तो पीडा भएकालाई सत्य निरूपण र बेपत्ता छानबिन आयोगले न्याय दिलाउने आशा व्यक्त गरिएको थियो । नेपालका छोरा माधव बेपत्ता छन् । अर्का छोरा प्रेमको द्वन्द्वका बेला राज्यपक्षबाट हत्या भएको थियो ।

सातादेखि जिल्लाको विभिन्न भागमा प्रदर्शित नाटक सदरमुकाम चौतारामा प्रदर्शन गरी समापन गरिएको स्थानीय शान्ति समितिकी सचिव दुर्गा आचार्यले जानकारी दिइन् । आचार्यका अनुसार मेलमिलाप र आपसी सद्भावले दिगो शान्ति सम्भव हुने भावको सडक नाटक प्रदर्शन गरिएको हो । दिगो शान्तिका लागि सबैको भूमिका महत्ववपूर्ण हुने सन्देश दिने प्रयास गरिएको आवाज आर्ट क्रियसनका निर्देशक कृष्ण धिताल चिरिच्याट्टले बताए ।

नाटकले सामाजिक सद्भाव कायम गर्न सघाउ पुर्‍याउने स्थानीय शान्ति समितिका पूर्वसंयोजक एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले बताए । नाटक जिल्लाको मेलम्ची, तालामाराङ, बाहुनेपाटी, बाह्रबिसे, खाडीचौर, ठूलोपाखर, कोठे, साँगाचोक, चौतारा र नवलपुरमा प्रदर्शन गरिएको स्थानीय शान्ति समितिले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.